अनेरास्ववियु (क्रान्तिकारी) पाणीनी बहुमुखी क्याम्पसको तेस्रो सम्मेलन सन्धिखर्कमा सम्पन्न

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँची डट्कम)। अनेरास्ववियु  (क्रान्तिकारी) पाणीनी बहुमुखी क्याम्पसको मुल ईकाइ समितिको तेस्रो सम्मेलन अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सम्पन्न भएको छ । 

सम्मेलनले लक्ष्मण खड्काको अध्यक्षमा १५ सदस्यीय मुल ईकाइ समिति निर्बाचित गरेको छ । 
समितिको उपाध्यक्षमा कल्पना खड्का र शोभाखर चुंदाली सचिवमा शिवसंकर पौडेल, सहसचिवमा सारदा पाण्डे र जीवन बि.क. र कोषाध्यक्षमा हिमाल पराजुली लगायत निर्बाचित भएका छन् ।