विशेष नापी कार्यालय अर्घाखाँचीद्वारा पटौटी गावीसमा जग्गाधनी पुर्ज़ा वितरण (फोटो फिचर)

डिल्लीराज घिमिरे
पटौटी,  अर्घाखाँची । विशेष नापी कार्यालय अर्घाखाँचीले जग्गा नापजाँच गरी तयार पारेको जग्गाधनी प्रमाणपत्र वितरण कार्यक्रम अर्घाखाँची जिल्लाको पटौटी गाबिस स्थित देउरालीमा सम्पन्न भएको छ । 
कार्यक्रमको विशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख अधीकृत मोहम्मद सावीर हुसैनको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र प्रसाद पौडेलको प्रमुख आथित्यता, राष्ट्रीय अनुसन्धान प्रमुख तारा वहादुर कुँवर, अर्घाखाँची क्षेत्र नं २ कांग्रेस सभापती अच्युत गौतम, एमाले जिल्ला सदस्य ईस्वरि पोख्रेल, एमाओवादी प्रतिनिधि भोजराज घिमिरे, राष्ट्रिय जनमुक्ती पार्टीका प्रतिनिधि टुक वहादुर ज्ञावली,माओवादी क्रान्तिकारीका प्रतिनिधि दुर्गा प्रसाद अधिकारी, जिल्ला मालपोत कार्यालयका प्रमुख लोक वहादुर कार्की, नापी कार्यालय प्रमुख सुरेश मानन्धर,पत्रकार महासंघ जिल्ला कोषादक्ष्य गणेश खनाल, कान्तिपुर संवादाता विरेन्द्र केसी,नेपाल टेलीभिजन संवाददाता एवं सिआईजी अर्घाखाँचीका अध्यक्ष मुक्तिनाथ भुसाल, रेडियो देउरालीका संवाददाता सरिता भुसाल, पिएसएम नेपाल अध्यक्ष एवं अर्घाखाँची डटकम क्राईम व्युरो डिल्लीराज घिमिरे, सन्धिखर्क डिजिटल नापी टोली प्रमुख उत्तम खड्का, मैदान नापी टोली प्रमुख कवीसिगं कठीयत लगायत स्थानिय राजनितीककर्मी,समाजसेवी, शिक्षाप्रेमीको आथित्यता रहेको कार्यक्रमको संचालन विशेष नापी कार्यालयका सर्वेक्षक गोविंद राज पौडेलले गर्नु भएको थियो ।
विशेष नापी टोली सर्वेक्षक एवं यस पटौटी नापी टोली प्रमुख सुवोध कुमार रावतको स्वागत मन्तव्य र श्री धोराली मावीका विद्यार्थीको स्वागत गीतवाट स्वागत गरिएको कार्यक्रमको पानसमा दिप प्रज्वलित र नेपालको राष्ट्रीय झण्डा अनावरण गरी औपचारिक रुपमा कार्यक्रमको समुदघाटन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र प्रसाद पौडेल र प्रमुख नापी अधिकृत मोहम्मद सावीर हुसैनले एकसाथ गर्नु भएको थियो । कार्यक्रममा टोली प्रमुख सहित यो काम यसरी गरि पटौटीवाँसीको प्रशंसा पाउने सवै कर्मचारीलाई खादा तथा सम्मान पत्रको साथ सम्मान गरीएको थियो ।
विशेष नाँपी कार्यालय अर्घाखाँचीको नापी टोली सर्वेक्षक सुवोध कुमार रावतको नेतृत्वमा भएको जग्गा नापजाँचको कार्यक्रममा 
सर्वेक्षक राम कृष्ण यादव,अमीनहरु क्रमश:धन वहादुर खाम्चा,राम संकर यादव,केसव राज खरेल,हुरमद विक,गोकर्ण रुपाकोटीले स्थलगत रुपमा जग्गा नापजाँच गरी नक्सा तयार पारेको आधारमा यो जग्गाधनी पुर्ज़ा तयार गरिएको थियो । 
कार्यक्रममा २०७२ वैशाख देखी असार सम्म नापजाँच गरी तयार पारिएको जग्गाधनी प्रमाणपत्र मध्ये सार्वजनिक जग्गाको सवै पुर्ज़ा प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको छ भने व्याकतीगत सम्पत्तिको प्रमाणपत्र नापी विभागको टोलीवाट नै हस्तान्तरण गरिएको छ । यदी प्रमाणपत्रमा कतै नाम वा अन्य कुनै विषयमा फरक रहेको अवस्थामा तत्काल विशेष नापी कार्यालयमा जानकारी गराउन समेत अनुरोध गर्दै पटौटीका जनता र राजनितीक कर्मीको सहयोगको कारण यसरी सफलता प्राप्त गर्ने आधार भएको वोल्ने क्रममा प्रमुख जिल्ला अधिकारी पौडेल र प्रमुख नापी अधिक़ृत हुसैनले खुलेर पटौटीवाँसीको प्रशंसा गर्नु भएको थियो । 
जिल्लाको पुर्व दक्षिणी पटौटी गावीसको देउरालीमा आयोजना गरिएको कार्यक्रममा स्थानिय वाँसीको ठुलो उपस्थिती समेत रहेको थियो । यसरी लालपुर्जा वितरण कार्यक्रम कार्यकम २०७२ सालको लागी अन्त्य भएको र अन्य विभिन्न गावीस र नगरपालिकामा नापजाँच चलिरहेको वताउदै कार्यक्रमका अध्यक्ष प्रमुख नापी अधिकृत हुसैनले कार्यक्रमको विधिवत रुपमा समापन भएको घोषणा गर्दै कार्यकम सम्पन्न गर्नु भएको थियो । 

तस्वीर: डिल्लीराज घिमिरे/अर्घाखाँची डटकम