पटौटी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पटौटी गाबिसको वडा नं ६ स्थित देउरालीमा रहेको धौराली माद्यमिक विद्यालयमा छलफल र भेटघाट कार्यकम सम्पन्न भएको छ ।
अनुगमन तथा छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले विद्यालयको गुनासो सुन्दै विद्यालयको स्तर उन्नति तर्फ आवश्यक सहयोग गर्न पहल गर्ने बताएका थिए ।
विद्यालयका गुनासा राख्दै प्रधानाध्यापकले मुख्य त खानेपानी, विद्यालयको जग्गामा लालपुर्जा र विविध अन्य विषयमा छलफल भएको थियो ।
छलफल र भेटघाटमा कार्यकम स्थानिय तथा जिल्ला स्तरीय पत्रकार तथा समाजसेवीको उपस्थितिमा रहेको थियो ।
तस्वीर: डिल्लीराज घिमिरे / अर्घाखाँची डटकम्