आफनो गाँउठाँउको विकास र सुधारको लागी सक्रिय एकजना विकासप्रमी प्रेरक युवा व्यक्तित्व, यी युवा आवद्ध सस्थाको पहलमा देश विदेशमा रहेका युवाहरुको सहयोग लिएर भर्खरै राज्यले बनाउन नसकेको पुल बनाएर देश भित्र र बाहिर सवैलाई चकित पारेका छन् ।
एउटा सामान्य युवा परिषद्ले गरेको पुल निर्माण जस्तो कार्य सायद नेपालमा विरलै छ भनिएको छ, नेपाल भित्र र नेपाल बाहिर रहँदा विभिन्न सामाजिक संघसस्थाको माध्यमबाट विभिन्न सामाजिक कार्यमा संलग्न ढिकुरा नमुना युवा परिषद्का सस्थापक सचिव अर्घाखाँची ढिकुरा १ टोडेयारका एक युवा भुवन केसीसँग सस्थाका सामाजिक गतिविधि, भावि योजना, वैदेशिक रोजगार, देशको बर्तमान अवस्था र समाज प्रति युवाहरुको भुमिकामा केन्द्रित भएर स्थानिय पत्रकार जितेन्द्र खत्रीले लिएको अन्तरवार्ता:
- तपाई के गर्दै हुनुहुन्छ ?
म बैदेशिक रोजगारीको शिलसिलामा कतारमा गएर केहि महिना अघि मात्र आएको हुम अहिले नेपाल मै छु खास गरि आफनो गाँउको लागी केहि खास गरौ भन्ने उद्देस्यले एउटा सामाजिक सस्थाको गतिविधिमा अलिक व्यस्त छु ।
- तपाई किन बैदेशिक रोजगार तिर लाग्नुभयोे ?
हेर्नुस यसको उत्तर मैले दिइराख्नु पदैन, मान्छे आफनो घर परिवार छोडेर रहरले विदेश पस्दैन नेपालमा रोजगारी र स्वरोजगारीको बाताबरण नहुँदा दुइ चार पैसा कमाउने उद्देश्यले नै अरु जस्तै म पनि विदेश पसेको हु ।
- विभिन्न संघसंस्थामा आबद्द हुनुन्छ यसको पछाडि के कारण छ ?
सामाजिक क्षेत्रमा लागेर सामाजिक कार्यहरु गर्न मेरो सौख हो म एक दर्जन भन्दा बढि सामाजिक संघसस्थामा आवद्ध छु, कसैबाट अभिप्ररित भएर वा कुनै स्वार्थको पछि लागेर यो क्षेत्रमा सक्रिय भएको कदापी होइन, म स्वस्र्फुत लागेको छु अरुलाई सहयोग गर्न पाउदा र सामाजिक कार्यमा संलग्न भई केहि गरेमा मेरो मनमा आनन्द आउछ एक प्रकारको सन्तुष्टि मिल्छ यहि नै हो कारण ।
- सामाजिक कार्य गर्दा फाइदा छ त ?
फाइदा भनेको आत्मसन्तुष्टि हो, अरु त काम देखेर कहिलेकाहि शुभचिन्तकहरुले इज्यत सम्मान हौसला दिनुहुन्छ त्यहि हो फाइदा, नत्र काम गर्दै जादाँ कहिलेकाहि विगारर्ने र खुटटा तान्ने प्रवृतिले चाही खिन्न बनाउछ र फाइदा के भन्ने प्रश्न गर्न मन लाग्छ आफैलाई ।
- विदेशमा र स्वदेशमा रहदा कस्ता सामाजिक कार्यहरु गर्नुभयो त?
विदेशको सन्दर्भमा भन्नु पर्दा म कतारमा मात्र बसे कतारलाई मिनि नेपाल पनि भन्ने गरिन्छ, त्यहाँ सवै प्रकारका नेपालीहरु छन् र अवसर तथा समस्या पनि उत्तिकै छन् शुरुमा म कतार गएको बेला एकजना अर्घाखाँचीबाँसीको सडक दुघटनामा मृत्युभएको थियो तर त्यो घटनालाई सम्वोधन गर्ने तथा मृत शवलाई नेपाल पठाउने प्रक्रियामा लाग्ने कोइ नहुदाँ शव अलपत्र परेको घटना देखे र मलाई मैले आफनो जिल्लबासीको हैसियतले केहि गर्नुपर्छ भन्ने स्वस्र्फत भावना आयो अनि अर्घाखाँचीबासीहरुको सामाजिक सस्था अर्घाखाँची सेवा समाजको माध्यम हुदै कतारमा क्रियाशिल विभिन्न सामाजिक सघसस्थामा आवद्ध भएर विभिन्न सामाजिक अभियानमा सहभागी हुदै अघि बढे त्यो क्रममा अलपत्र परेका धेरैलाई उद्धार गरियो, आर्थिक, कानुनी सहयोग पनि पुराइयो यो सवै एक मानवले अर्को मानवलाई गर्ने दायित्व र कर्तव्य सम्झेर गरियो भने नेपालमा बाढिपिढितहरुलाई होस वा भुकम्प पिडितहरुलाई होस आर्थिक सहयोग संकलन गरि वितरण गरियो जुन सस्थाको माध्यमबाट चुस्त दुरुस्त तरिकाले गरिएको छ, कतारमा म उपाध्यक्ष्य रहदाँ अर्घाखाँची सेवा समाज मार्फत जिल्लामा एउटा एम्वुलेन्स सन्चालनको लागी पनि अभियान अघि बढेको छ यो सवै म मात्र एकलो प्रयासले सम्भव थिएन त्यसमा सवै साथीहरुले उत्तिकै सामाजिक भावनाले हातेमालो गर्नुभएको छ जस्को फाइदा यहि समाजलाई भएको छ ।
स्वदेश भन्नाले नेपालमा रहदाँ मैले अर्घाखाँचीको ढिकुरामा युवाहरुलाई सक्रिय बनाउदै ढिकुरा नमुना युवा परिषदको स्थापना गरियो म सस्थापक सचिव हु हामीले सस्थाको माध्यमबाट देश विदेशका युवाहरु तथा शुभचिन्तकहरुको सहयोगमा भर्खर एउटा अत्यावस्यक अवस्थामा रहेको टिमुरेखोलामा पुल निमार्ण गरेका छौ यो पुलको लागी देश विदेशबाट थुप्रो आर्थिक नैतिक सहयोग गर्नुहुने सवै प्रति म कृतज्ञ छु यो पुलको उदघाटन फागुन १ गते भैसकेको छ । यो पुल निमार्णमा सम्भवत राज्यको समेत ध्यान नगएको र स्थानियहरुको अत्यन्तै माग रहेको स्थानमा बनाइयो हरवर्ष मान्छे बगाउने, बच्चाबच्ची बुढाबुढिहरु लगायत सवैलाई आवतजावतमा कठिनाई थियो राज्यको आश गर्दा गर्दै पुल बन्ने सम्भावना देखिएन र हामीले सस्थाको माध्यमबाट सामुहिक पहल गरियो र निमार्ण पनि भयो, यस्तो प्रकारको पुल निमार्ण जस्तो कार्य सम्पन्न गर्ने सामाजिक सस्था जिल्लामा मात्र नभई नेपाल मै विरलै होलान, त्यसै गरि खाचीकोट मसिनाको लेखलाई पर्यटकिय स्थलको रुपमा विकास गर्न हामीहरुले सोच बनाईसकेका छौ । हाम्रा पूर्व गाविस अध्यक्ष नारायण प्रसाद खनाल ज्यूले जसरी अर्घाको डाडोमा प्यारागलाइडिग र खेल मैदान लगायतले विकास गर्न सकिन्छ भने खाचीको डाडो पनि कम्ती छैन गर्न मात्र पर्छ र त्यसको लागी परिषद अगाडि सरेमा आफुहरुले स्रोतको व्यावस्था गरिदिने प्रतिवद्धता जाहेर गर्नुभएको छ , शारदा उमाविलाई कम्पयुटकृत गर्ने कुरा पनि छ अनि अत्याधुनिक विदुतिय लाइव्रेरीको कुरा मेरै पहलमा अघि बढि सकेको छ , ढिकुरा गैरा गोठमा प्रतिक्षालय पुस्तकालय र सस्थाको कार्यलय एकै भवनमा बनाउने सोच छ । युवाहरु केन्द्रित सिप तथा दक्षता अभिबृद्दि कार्यक्रमहरु, पैदल मार्ग निर्माण तथा सुधार गर्ने कार्यहरु, सडक सन्जाल विस्तार गर्ने कार्यहरु गरिसकेका छौ अव हामी भाषण र कुरामा मात्र सिमित नभई बरु ढिला होस ढिकुरा गाविसलाई बास्तवमै जिल्लामै विकासको नमुनाको रुपमा स्थापित गर्नको लागी शिक्षा, स्वास्थ्य, पर्यटन, सडक, खानेपानी, विद्युत, प्राविधिक शिक्षा र प्रविधि तथा सन्चारको क्षेत्रमा केहि ठोस कार्य गर्ने हाम्रो सोच छ ।
- आफनो पारिवारिक जिवन र सामाजिक जिवनलाई एकैचोटी कसरी समाल्नुहुन्छ ?
सामाजिक कार्य गर्दा कठिनाईहरु धेरै छन् नी, एकातर्फ घरको काम छोडि अरुको कामको पछि लागेर हिडनुपर्छ जस्ले गर्दा आफनो घर परिवारलाई समय दिन सकिदैन, घरको काममा ध्यान दिन नसक्दा कहिलेकाहि समस्या उत्पन्न हुन्छ आफनो परिवारीक जिवन र सामाजिक कार्यलाई मिलाएर लैजानु नी कम्ती चुनौतीपूण छैन, तसर्थ सवै समस्याका बावजुद पनि आज सम्मलाई परिवार लगायतसवैको साथ र सहयोगले सामाजिक कार्यहरु गर्न भ्याएको छु ।
- अहिले सामाजिक क्षेत्रमा चर्चामा हुनुन्छ पछि राजनितिमा जाने हो कि के हो छ सोच ?
मैले अघि नै भनिसके म सामाजिक क्षेत्रमा क्रियाशिल हुनुको पछि मेरो कुनै स्वार्थ छैन स्वार्थ छ त मेरो आत्मसन्तुष्टि मात्रै हो । राजनितिको कुरा गर्नेहो भने आज सम्म मैले कुनै पनि राजनैतिक दलको सदस्यता लिएको छैन, तर मैले सक्षम र पढेलेखेका युवाहरु राजनीतिमा जानु पर्छ भन्ने मान्यता चै राख्दछु त्यो किनभने राजनिति देश चलाउने संयन्त्र हो हामीले हाम्रा नेताहरुलाई दोष दिनु हामी आफैलाई दोष दिनु जस्तै ठान्छु किनकि सक्षम मान्छे भएको ठाँउमा त समस्या जो छैन । तसर्थ त्यस ठाउँमा स्पष्ठ भिजन दिन सक्ने र समाजलाई सहि दिशा दिन सक्ने उर्जावान शक्ति पुग्न जरुरी हुन्छ त्यसैले सवल र सक्षम युवाहरु राजनितिमा जान जरुरी छ तर म आफु एक बैदेशिक रोजगारीमा लागेको युवा र अर्को तर्फ सामाजिक कार्य गर्न राजनिति मै जान पर्छ भन्ने मान्यता सित सहमत पनि छैन ।
- देश पछि पर्नुमा के कारण देख्नुहुन्छ ?
हेर्नुस देश पछि पर्नुमा आर्थिक, राजनैतिक, सामाजिक धेरै कारणहरु हुन सक्छन, त्यसमा पहिलो कारण म दिर्घकालिन सोचको अभाव हो भन्ने ठान्छु किनभने हाम्रो राजनितिज्ञहरु हाम्रो अर्थविदहरु हाम्रा प्रशासकहरु, निति निर्माण तहमा बसेकाहरु लगायत सवैको स्पष्ट योजना र दिर्घकालिन सोच भएन हामीहरु विश्वले विभिन्न विकासका क्रन्ति गदै गर्दा हामीहरु राजनैतिक क्रािन्त मै व्यस्त भैयो अझै हाम्रो देशमा भोकमरी, गरिवी, भुकम्पपिडितलाई भन्दा राजनितिक कुरालाई बढि चासो दिइन्छ । नाकाबन्दीकै कुरा गर्नुन्च भने यो पहिलो होइन, हाम्रा अर्थविदहरुले देशको ८० प्रतिशत बजार विदेशीमा भर पर्दा भोली नाकाबन्दी या यस्तै केहि समस्याले आयात निर्यात ठप्प भयो भने देशले अहिलेको जस्तो अकल्पनिय क्षति व्यहोर्न सक्&#