दिपेन्द्र श्रेष्ठ
सन्धिखर्क, अर्घाखाँची । आयातित धर्म बहिस्कार गरौ सनातन धर्म रक्षा गरौ धर्म परिवर्तन गर्ने र गराउने विरुद्ध एक जुट बनौ धर्मको रक्षा हाम्रो अभियान अखण्ड नेपाल हाम्रो पहिचान भन्ने मूल नाराका साथ देशैभर एकै साथ चलिरहेको हिन्दु जागरण अभियान अन्तर्गत आज अर्घाखाँचीमा पनि हिन्दु जागरण युवा संघठनको गठन भएको छ।
धर्म परिवर्तन बिरुद्धको यस महा अभियान तथा धर्म द्वारा समाजको रुपान्तरण ,सेवा मुलक र धार्मिक जनचेतना मुलक कार्यक्रम र समाजमा बिध्यमान सामाजिक असमानता र छुवाछुत जस्ता कुसस्कारहरुको अन्त्य गर्ने मूल योजना बनाउदै आज अर्घाखाँचीमा पनि आज मुल कार्य समिति गठन भएको हो ।
अर्घाखाँची घर भइ प्रवासमा छरिएर बस्ने र हिन्दु धर्ममा चिन्तन राख्ने नेपालि युवाहरुको साथ् ,सहयोग,समर्थन र जिल्लमै भएका युवाहरुको जागरुपतामा छिटो र सरलताका लागि अनलाइन तथा सामाजिक संजालहरु को प्रयोगबाट सद्स्येता बढाउदै जादा आज पहिको चरण अन्तर्गत हिन्दुत्व संरक्षण तथा धर्म परिवर्तन बिरुद्द्को महा अभियान चलाई रहेको बाचन शिरोमणि गुरुदेव रामकृष्ण उपाध्याय नेतृवको हिन्दु जागरण नेपाल अभियान र उक्त संस्थाको भातृ संगठन युवा हिन्दू जागरण नेपालका अधक्ष्य पदम कुँवर नेतृवको अभियान अन्तर्गत आज अर्घाखाँचीमा पनि कार्य समिति गठन भएको छ।
जस अनुसार दिपेन्द्र श्रेष्ठ को संयोजक्त्व र रिता थापा मगरको सह संयोजकत्व रहने गरि अध्यक्षमा दिपक कुवर उपाध्यक्षमा कृष्ण प्रसाद पाण्डे सह उपाध्यक्ष-कविराज घर्ति मगर महा सचिबमा-अनमोल राक्से मगर सचिब धनिस्वर पाण्डे सह सचिब -शन्तोष शाही कोषाध्यक्ष-प्रदिप खनाल सह कोषाध्यक्ष-मनिराम पाण्डे उप कोषाध्यक्ष-खिम राज बश्याल त्यस्तै बरिष्ठ सल्लाहकारमा -पदम कुवर,कृष्ण भुसाल,प्रमोद खनाल,बालकृष्ण भट्टराई,सहयोगी बिसी ,हरि प्रसाद भुसाल प्रमुख सल्लाहकारमा-युनिक कमल क्षेत्री,गोम प्रसाद श्रेष्ठ ,नेत्र प्रसाद गैरे ,यामलाल पन्थी ,नारायण अधिकारि ,शोभाखर बन्जाडे ,नबिन क्षेत्री सल्लाकारमा -खिमराज श्रेष्ठ,अच्युत शर्मा ,बिष्णु प्रसाद चुदाली ,भूबन आचार्य ,भरतमणि पौड्याल ,खडानन्द पाण्डे लगायतको टिम को मूल कार्य समिति दर्ता भएको छ ।
हिन्दू जागरण युवा संघ नेपाल का सस्थापक केन्द्रीय अध्यक्ष श्री पदम कुँवर का अनुसार हिन्दुत्त संरक्षण तथा धर्म परिवर्तन बिरुद्ध को हाम्रो महा अभियान सुरु भै सकेको ले सम्पूर्ण धार्मिक आस्था प्रति विस्वास गर्ने सम्पूर्ण सनातन मित्र हरुले सम्पर्क गर्न सक्ने र यस महा अभियान भित्र को एजेण्डा हरू हिन्दुत्त संरक्षण तथा धर्म परिवर्तन मुक्त नेपाल नयाँ हिन्दू राष्ट्र स्थापना शीक्षा बिकाश निकाश र रोजगार युक्त नेपाल जातीय छुवाछुत मुक्त जातीय समानता युक्त विश्व माँ एक मात्र सनातन हिन्दू धर्म सासन युक्त नेपाल जस भित्र सम्पूर्ण धर्मालम्बी हरु आ आफ्नो रीतिरिवाज भीत्र रहेर मनाऊंन पाउने तर धर्म को ब्यापार गर्न नपाइने बताउनु भयो।
त्यसै गरि उक्त समितिले अर्घाखाँचीमा दुइ हजार भन्दा बडी सदस्य बनाइसकेको छ। उक्त समितिका प्रमुख सल्लाहकार युनिक कमल क्षेत्रीका अनुसार यतिबेला पधाधिकारीहरुले सद्स्येहरुको फोटो सहितको लोगो बनाउने ,आर्थिक रकम संग्कलन ,प्रचार प्रचार लगाएतका काममा तिब्र रुपले अगाडी बढेको बताउनु भएको छ । क्षेत्रीका अनुसार आउदो बैशाखमा अर्घाखाँचीमा महायज्ञ धार्मिक प्रबचन ,युवा जागरण भेला तथा प्रशिक्षण ,पोस्टर ,पर्चा ब्यानर बितरण ,जिल्ला र्याली लगाएतका कार्यक्रमको तयारि भैरहेको बताउनुभयो ।