राजेन्द्र गोदार
तिम्रो नजर कता कता मोड़े जस्तो लाग्छ आजकल ।
तिम्रो वोली परिवर्तन भयो छोड़े जस्तो लाग्छ आजकल ।।
साथ दिने कोही पनी छैन वाँच्न कठिन भयो आजकल ।
त्यही भएर साहरा मेरो ग़ज़लहरु वन्दै छन आजकल ।।
किन किन ग़ज़लहरु लेख्न निकै मन लाग्छ आजकल ।
तिमिले छाडी गएता पनी किन देख्न मन लाग्छ आजकल ।।
विर्सु भन्दा मेरो मनले मान्दैन किन किन होला आजकल ।
कसैलाई पाएरै त होला मेरो मायाँ विर्सिदियौ आजकल ।।
दुई आँखा त मोहनी छन राजेन्द्र पो किन चाहीयो ।
तिमी आफै मालिक भई गयौ गोदार पो किन चाहीयो ।।
समुन्दर भित्र वसेकी छौ खहरे पानी पो किन चाहियो र ।
भोंक प्यास मेटाई गयौँ जिवनसाथी पो किन चाहियो र ।।
रचनाकार पाल्पा, हाल नेपाल प्रहरी,जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा कार्यरत छन् ।