जाजरकोट ढिमे गाविस-२ की प्रेमिका परियार घाँस काट्न गएको बेला सुत्केरी भएकी छन् ।
आइतबार बिहान जङ्गलमा घाँस काट्न गएकी उनलाई जंगलमै सुत्केरी ब्यथाले च्यापेपछि ढिमे स्वास्थ्य चौकीबाट गएका अहेव दिपक वलीको टोलीले जङ्गलमै सुत्केरी गराएका थिए ।
परियारले जन्माएको शिशुको भने जन्मेको केही समयमै मृत्यु भएको थियो । अहेव वलीका अनुसार परियाले ९ सय ग्रामको शिशु जन्माएकी थिइन् ।
दुर्गम गाउँहरुमा गर्भवती महिलाहरुलाई समेत पर्याप्त खुराक र आराम नपुग्दा आमा र नवजात शिशुहरु सधैं जोखिममा रहने गरेका छन् । – इमेजखबरमा समाचार छ ।