पाकिस्तानमा सोमबार बिहानै कडा सुरक्षाबीच मुमताज कादरीलाई फाँसी दिइएको छ । पञ्जाव प्रान्तका पूर्व गभर्नर सलमान तासीरको हत्या आरोपमा दोषी ठहर भएका उनलाई रावलपिण्डीस्थित एक जेलमा फाँसी दिइएको हो ।
कादरीलाई फाँसी दिइएपछि हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता अपनाइएको छ ।
फाँसी दिनुअघि कादरीका परिवारलाई उनीसँग भेट गर्ने अनुमति दिइएको थियो । (एजेन्सी)