कालिका प्राथमिक विद्यालय धातिवाङ्गको २७ औ वार्षिक उत्सव क्रार्यक्रम सम्पन्न

घनश्याम पौडेल
धातिवाङ्ग, अर्घाखाँची । कालिका प्राथमिक विद्यालय धातिवाङ्ग, ६ अर्घाखाँचीको २७ औ वार्षिक उत्सव क्रार्यक्रम एक भव्य समारोहका विच सम्पन्न भएको छ । 
बार्षिक उत्सवको अवसर पारेर विद्यालयमा   तातो आलु, म्युजिकल चेयर, चम्चा दौड, हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । 
क्रार्यक्रममा प्रथम द्धितिय र तृतिय हुनेलाई पुरस्कार वितरण गरिएको र उत्कृष्ट दुई विद्यार्थिहरु अनमोल दर्जी र किशोर दर्जीलाई पुरस्कार वितरण गरिएको थियो र सोही अवसरमा छात्रवृद्धि समेत वितरण गरिएको क्रार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पुनाराम पौडेलको अध्यक्षतामा  सम्पन्न भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका सदस्य जिववहादुर घर्ती, अभिभावक सन्धया पौडेल, कौशिला दर्जी, मधु पौडेलले मनतव्य राख्नुभएको थियो । सो कार्यक्रममा १०० औ जना विद्यार्थी अभिभावकहरुको उपस्थिती रहेको थियो । विद्यालयका प्र.अ. युवराज पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 
क्रार्यक्रममा विद्यालयका ससाना वालवालिकाहरुवाट स्वागत गित नृत्य प्रस्तुत भएको थियो । 
आजका विद्यार्थी भोलिका देशका कर्णदार हुन त्यसैले सम्पूर्ण विद्यार्थीहरुलाई मिहिनेतका साथ अध्ययन गरी आफनो उज्जवल भविश्य कायम गर्न कार्यक्रममा बोल्ने व्यक्ताहरुको भनाई थियो । क्रार्यक्रम विद्यालयका शिक्षक गोविन्द पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।