२२अाैं जिल्ला परिषद् बैठक तथा निर्णय सार्वजनिकीकरण समारोह सन्धिखर्कमा सम्पन्न (फोटो फिचर)

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँची डट्कम) । २२अाैं जिल्ला परिषद् बैठक तथा निर्णय सार्वजनिकीकरण समारोह अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सम्पन्न भएको छ । 
 
उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यमा सम्पन्न भएको परिषद् बैठक तथा निर्णय सार्वजनिकीकरण समारोहमा विषेश अथिति सासद डा. दुमनसिह थापा लगायत जिल्लाका संघ, सस्था, सरकारी कार्यालय प्रमुख, राजनीतिक दलका प्रतिनिधीहरुको उपस्थित रहेको थियो । 
उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले एक वर्षभित्र आधारभूत तहमा लोडसेडिङ मुक्त हुने दाबी गरेका छन्। उनले हाइड्रोपावरबाट र दश वर्षमा दश हजार मेगावाट विद्युत निकालिने बताए। जिल्ला विकास समिति अर्घाखाँचीको २२ औं जिल्ला परिषद्मा बोल्दै उपप्रधानमन्त्री रायमाझीले यस्तो बताएका हुन्।
वर्षौदेखि रोकिएका ठूला आयोजना पनि तीब्र रुपमा निर्माण भइरहेको भन्दै लोडसेडिङ मुक्त गर्न सकिने बताए। ‘बहुदल आएदेखि ३० जना उर्जा मन्त्री भए,’ उनले भने, ‘विगतका मन्त्रीहरुको काम प्रभावकारी नहुँदा पनि उर्जा क्षेत्रले फड्को मार्न सकेन।’ उनले इन्धनको अभाव भए पनि ठूला आयोजना निर्माण गर्न प्रशस्त मात्रामा इन्धन उपलव्ध गराइएकाले निर्धारित समयमै आयोजना सम्पन्न हुने बताए।
उपप्रधानमन्त्री रायमाझीले १ सय ७ ओटा आयोजनाको काम सुरु भएको जानकारी दिए। उनले अर्घाखाँची जिल्लामा पोल र ट्रान्सफर्मर निर्माण गर्न प्रयाप्त रुपमा बजेट विनियोजन गर्न लागिएको बताए।
यस्तै नेकपा एमाले युबानेता एबम सासद डा. दुमनसिह थापाले अार्थिक क्रान्ति बिना मुलुक अगाडि बढन नस्सक्ने बताए। अर्घाखाँची जिल्ला परिषदको बिषेष समारोह लाई विषेश अथितिको रुपमा उपस्थित भएका नेता थापाले जिल्लाको बिकासमा अाफुले महत्त्वपूर्ण भुमिका निर्भाहा गरेको बताए। उनले कृषि पर्यटनको माध्यम बाट जिल्लामा अामुल परिबर्तन गर्ने बताए।
यसैक्रममा नेपाली काङ्ग्रेस का जिल्ला सभापति बिस्नु प्रसाद खनाल मुस्कानले जिल्ला को बिकास निर्माण नेपाली काङ्ग्रेसको नेतृत्वमा अगाडि बधाउने दाबि गरेका थिए ।  २२ अौ जिल्ला परिषदको बिषेस समारोह लाई सम्बोधन गर्दै नेता खनालले सहमति सहकार्य एकता बाट नेपाली काङ्ग्रेस को नेतृत्वमा एतिहासिक सम्बिधान कार्यनयन हुदै अगाडि बढेको बताए। उनले मुलुकको सबै भन्दा ठुलो पाटि नेपाली काङ्ग्रेस भएकोले मुलुकलाई अगाडि बढाउने जिम्मा नेपाली काङ्ग्रेसको कादमा थपिने जिकिर गरेका थिए । पार्टीको १३ अौ महाधिबेसनले केन्द्रमा पनि एतिहासिक निणय लिने दाबि गर्दै काङ्ग्रेस बिना मुलुक अगाडि बढन नस्सक्ने बताए।
यस्तै एमाले अध्यक्ष जिबनारायण कोईराला  सबै दलहरु मिलेर जिल्लाको बिकासमा लागि परेको बताएका थिए ।  एमाओवादीका अध्यक्ष चन्द्र बहादुर खड्काले जिल्लाको बिकासले फड्को मारेको बताएका थिए । 
परिषदमा एमाओवादी नेता ठाकुर कुमार बिक, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि लगायतले आफ्ना विचार राखेका थिए । 
समारोहमा स्थानिय बिकास अधिकारी लक्ष्मि पान्डेले बजेट प्रस्तुत गरेकी थिईन ।  समारोहमा उत्कृष्ट कृषक पुरस्कार बितरणमा समेत गरिएको थियो । 
त्यसअघि २२ अौ जिल्ला परिषदको झन्डोउत्तोलन सासद डा दुमनसिह थापाले गरेका थिए ।  साथमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको उपस्थित रहेको थियो ।