अर्घाखाँचीका डटकमका बाबु रोका म्युजिक भिडियोमा मोडलिंग तथा निर्देशक (फोटो फिचर)

नन्दु घिमिरे/हरि रोका मगर 
रोजगारीको शिलशिलामा भारतको राजधानी दिल्लीमा कार्यरत बाबु रोका मगरले बिल्कुलै नया म्युजिक भिडियोमा मोडलिंग तथा निर्देशक गरेका छन् । सो भिडियो मा झबिन्द्र थापा मगरको स्वर र लय रहेको छ भने शब्द सन्तोषी संगम को रहेको छ मोडलिंग तर्फ स्वयम् बाबु रोका मगर,अमृता बराल र अर्जुन थापा रहेका छन् भिडियोलाई छायांकन नारायण अधिकारीले गरेका छन् भने भिडियो निर्माता झबिन्द्र थापा र बाबु रोका रहेका छन् । 
म्युजिक भिडियो दिल्ली र गुडगावका आकर्षित स्थानहरुमा शुटिंग गरिएको छ । भिडियोमा गायक अनि मोडलहरु सबै अर्घाखाँचीका नै रहेका छन् । 
बाबु रोका मगर बिगत पाच बर्ष देखि अर्घाखाँची डट कम भारत बाट संवाददाताको रुपमा भारतमा नेपालीहरुको बाहुल्यता रहेको खास गरि दिल्ली, हरियाणा क्षेत्रमा कार्यरत नेपालीहरुको खबर जनमास सम्म पुर्याउदै आएका छन् | बाबु पत्रकार मात्र नभई कलाकार, चित्रकार, साहित्य अनि समाजसेविको काम पनि गर्छन हप्तामा पांच दिन नोकरी गर्छन दुइ दिन समाजसेवा पत्रकारि कलाकारीमा समय निकालेर आफुलाई ब्यस्त राख्ने उनको यो बानीले उनका धेरै साथीभाईहरु दुखि हुने गर्छन किनकि उनले आफ्ना मित्र आफन्तहरुलाई समय दिन भ्याउदिनन तर हरेक विधामा रुचि राख्ने यिनको बानिले धेरैलाई आफु प्रति आकर्षित गर्ने गर्छन। 
गत आइतवार छुट्टीको समय निकालेर साथीहरु संग रमाइलो गर्दै शुटिंग सम्पन गरेका छन् भने अब उक्त भिडियो लाइ चांडै बजारमा ल्याउने तयारि गर्दै छन् । 
उनि सधै राष्ट्रवादी कुराहरु गर्दै देशप्रति सधै चिन्तित् रहेको देखिन्छन यसैले देश बिदेशमा छरिएर रहेका युवाहरुलाई एकै छाता मुनि राखेर देशको सर्वाङ्गिण बिकास का निम्ति एकजुट हुने आब्हान गर्दै सामाजिक संस्था नेपाली  देशभक्त युवा समाज भारत दिल्ली एन सी आर समितिमा अध्यक्षको कार्यभार सम्हाल्दै आएका छन् । भारतमा बसेर नोकरी गर्दै यस्ता काम गर्ने अहिले सम्मकै पहिलो ब्याक्ति हुन् ।
  
उनि भन्छन कामयाबी हुनुभन्दा पहिले काविल हुनुपर्ने जरुरि हुन्छ हरेक क्षेत्रमा हात हालेर सबैको अनुभव बटुल्दै कामयाबिको चुचुरोमा पुग्न काविल हुनुपर्ने बताउछन कुरा थप्दै भने मलाइ सफलता भन्दा पनि अनुभवमा खुशी लाग्छ किनकि सफलता एकै पटकमा सकिन्छ अनुभव निरन्तर चलिरहन्छ । दिल्ली एन सी आर केशेत्रमा आफ्नो रामो पहिचान बनाउदै आएका बाबु रोका मगर अबको केहि वर्ष भित्र नेपालमा कृषि क्षेत्रमा किसानको काम गर्ने सोच बनाएका छन् ।