सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम)। सहिद सप्ताह अन्तरर्गत जिल्लाका सहिद परिवारलाई अभिन्दन तथा सम्मान कार्यक्रम अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सम्पन्न भएको छ ।
एकीकृत नेकपा माअाेवादीको शहिद परिवार समाजले आयोजना गरेको कार्यक्रममा पार्टी सचिव तथा उपप्रधानमन्त्री एवं ऊर्जा मन्त्री टाेपबहादुर रायमाझी र जिल्ला अध्यक्ष चन्द्रबहादुर खड्का लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा शहिद परिबार सम्मान गरिएको थियो ।
केरुङामा स्मृति प्रतिक्षालयकाे उद्घाटन
यस्तै सहिद सप्ताह अन्तरर्गत अर्घाखाँची जिल्लाको केरुङामा जनयुद्धका अर्घाखाँचीका प्रथम शहिद खिमकुमार श्रेष्ठ (रमेश ) काे स्मृति प्रतिक्षालयकाे उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
स्मृति प्रतिक्षालयकाे उद्घाटन उपप्रधानमन्त्री तथा ऊर्जा मन्त्री टाेपबहादुर रायमाझीले गरेका थिए । सो अवसरमा स्थानियबासीहरुको उपस्थिती रहेको थियो ।
क्रान्तिकारी पत्रकार संघ अर्घाखाँची शाखाले पत्रकार सम्मेलन
यस्तै क्रान्तिकारी पत्रकार संघ अर्घाखाँची शाखाले पत्रकार सम्मेलन अायाेजना गरेको थियो ।
पत्रकार सम्मेलनमा उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले जिल्ला बिकास एवम देशको उर्जा संकटको बारेमा आफ्ना भनाई राखेका थिए ।