सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा जिल्ला स्तरीय सरोकारवालाहरु बिच एक दिने अन्तर्कृया सम्पन्न भएको छ ।
जिबिस कार्यालय, बातावरण उर्जा तथा जलवायु परिवर्तन शाखाको आयोजनामा सम्पन्न अन्तरकृयामा विभिन्न संघ- संस्था, राजनीतिक दलका प्रतिनिधी लगायत सरोकारवाला व्यक्तीहरुको उपस्थिती रहेको थियो ।
सन् २०१७ सम्म अर्घाखाँचीलाई घरभित्रको घुवा मुक्त जिल्ला घोषणा गर्ने उदेश्य रहेको छ ।