अर्घाखाँचीमा पटक पटक सवारी दुर्घटना हुने गर्दा स्थानियबासीहरु निकै चिन्तित, फेरि नरपानीमा गाडी दुर्घटना, १ जनाको मृत्यु (फोटो फिचर)

शोभाखर पन्थी 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको गोरुसिङ्गे सन्धिखर्क सडक खण्डमा पटक पटक सवारी दुर्घटना हुने गर्दा स्थानिय बासीहरु निकै चिन्तित हुन थालेका छन् । 
सडकमा घुम्ति मोडहरु बढी भएको, सवारी चालकहरुले सम्बन्धित स्थानमा हर्नको प्रयोग नगर्नु, द्रुत गतिमा सवारी साधन चालाउनु, सवारी चलाउँदा मोवाईल फोनको प्रयोग गर्नुका  साथै माधक पदार्थको प्रयोग गर्ने गरेका कार्ण पटक पटक दुर्घटना हुने गरेको प्रहरी निरीक्षक राजभण्डारीको भनाई छ । उहाँले सडकको बिच बिचमा मापसे जाच चेकिङ कडाई पार्नुका साथै सवारी उलंघन गर्नेहरुलाई कारवाही गर्ने बताउनु भयो ।
यसैक्रममा फेरि अर्घाखाँचीमा गाडी  दुर्घटना हुँदा १ जनाको मृत्यु हुनुको साथै १ जना सख्त घाईते भएका छन् । गोरुसिङ्गे सन्धिखर्क  सडक खण्डको नरपानीमा लु १ च ५९४७ नम्बरको मारुति कार दुर्घटना हुँदा गाडि चालक  सालझण्डी-४ रुपन्देहीका वर्ष-५३ का लोक प्रसाद श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । 
घट्नामा सालझण्डि-४ रुपन्देहीकै वर्ष-६१ का प्रेम प्रसाद श्रेष्ठ गम्भिर घाईते हुनु भएको छ ।घाईतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा प्राथमिक उपचार गराई थप उपचारको लागि मेडिकल कलेज भैरहवा पठाईएको जिल्ला प्रहरी कार्यालयका नि.कार्यालय प्रमुख प्रहरी निरीक्षक सुजन कुमार राजभण्डारीले बताउनु भयो । सन्धिखर्कको डिभर्नाबाट रुपन्देहीको सालझण्डीको लागि जादै गरेको मारुति कार अनियन्त्रित भई नरपानी बजार देखी उत्तर पट्टीको रातामाटा कैदबडाडाँ स्थित भिरबाट करिब ७ सय मिटर तल खसी क्षेतबिच्छेद भएको थियो । गाडी दुर्घटना हुनासाथ घटनास्थलमा पुगेको प्रहरीको टोलीले घाईतेको तत्काल उद्धार गरेको थियो ।  

सन्धिखर्कमा बिना हेल्मेट मोटरसाइकल चलाऊनेलाई कारबाही गर्दै ट्राफिक प्रहरी