अर्घाखाँची सेबा समाज कतारको तेस्रो अधिवेशन पछिको पहिलो बैठक सम्पन्न

 केशव भुसालबाट 
कतार । अर्घाखाँची सेबा समाज कतारको तेस्रो अधिवेशनबाट निर्वाचित कार्यसमीतीको पहिलो बैठक सम्पन्न भएको छ । 
“अर्घाखाँचीबासी एक हौ नेपाली समाजलाई केहि गरौ” भन्ने उदेश्यका साथ २००६ मा स्थापित यस समाजका अध्यक्ष युबराज पाण्डेको अध्यक्षतामा, महासचिव केशब भुसालको सन्चालनमा विभिन्न प्रस्ताबहरुमाथी बृहत छलफल गर्दै सोहाद्रपुण बाताबरण मुन्तजा पार्कमा सम्पन्न भएको हो । 
बैठकमा प्रथम उपाध्यक्ष ठाकुर कुमार परियारले स्वागत मन्तब्य राख्नु भएको थियो भने द्दितिय उपाध्यक्ष  केदारनाथ भुसालले संस्थाको उधेश्यको बारेमा प्रकाश पार्नु भएको थियो साथै सम्पुर्ण नव गठित कार्यसमीतीहरुले आ-आफ्नो परिचय दिने क्रममा बिगतमा अर्घाखाँची सेवा समाजले गरेको सामाजिक कार्यबाट प्रभाबित भै यस सेवा समाज बाट केही गर्ने उधेश्य लीएर कार्यसमीतीमा आएको जानकारी गराएका थिए। 
उत्त बैठकले गत १९ फेबु्रअरी २०१६ मा भएको तेस्रो अधिवेशन भब्य र सब्य रुपमा सफल भएको निष्कर्ष सहित अधीबेसन सफल बानाउना प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पुर्ण संघ संस्था, समाजसेबी , बुद्धीजीबी, जील्लाबासी, गैर जील्लाबासी, बैचारीक संस्थाहरु लगायत प्रमुख सल्लाकार, बिशेस सल्लाकार, सल्लाकार हरु सबैलाई हार्दीक धन्यबाद प्रकट गर्नु भएको थियो । 
निबर्तमान महासचीब  केदार नाथ भुसालले बर्तमान महासचीब श्री केशब भुसाल ले संस्थागत रुपमा प्रयोग गर्दै आउनु भएका सस्थाका कार्यलय प्रयोजनका लागी प्रयोग गरीने सम्पुर्ण कागजातहरु ह्स्तान्तरण गर्नु भएको थियो भने निबर्तमान कोषाध्यक्ष टेकराज थापाले बर्तमान कोषाध्यक्ष  राम प्रसाद पराजुलीलाई संस्थाको सम्पुर्ण आय ब्याय बिबरणको कोषको हस्तान्तरण गर्नु भएको थियो  । 
यसै बैठकले समाजमा बिभीन्न कीसीमका कार्यहरुलाई ब्यबस्थीत र मर्यादीत रुपमा सन्चालन गर्नको लागी उप समितिहरुको आप्बश्यकता महसुस गरेको हुदा उप समीतीहरु पनि निर्णय गरेको थियो। जस अनुसार अनुसाशन तथा अनुगमन समीती संयोजक उपाध्यक्ष  ठाकुर कुमार परियार संघ संस्था समनब्य समीती संयोजक उपाध्यक्ष  केदार नाथ भुसाल प्रचार प्रसार समीती संयोजक महासचीब  केशब भुसाल संगठन तथा सदस्यता बिस्तार समीती संयोजक कोषाध्यक्ष  राम प्रसाद पराजुली खेलकुद समीती संयोजक केन्द्रीय सदस्य  बीष्णु क्षेत्री सांस्कृतीक तथा मनोरन्जन समीती केन्द्रीय सदस्य  मोदनाथ बेल्बासेलाई सर्ब सम्मत रुपमा चयन गरेको थियो । उपसमिति संयोजकले आबश्यत्ता हेरीकन दुई सदस्य पछि थप्न मील्ने गरी ब्यबस्था पनि गरेको थियो । 
सस्थाको विधानमा  व्यवस्था भएअनुसार दुईजना केन्द्रीय सदस्य मनोनित गर्नु पर्ने व्यवस्था भएको हुँदा राजेन्द्र पाण्डे र  अनिल परियार लाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुका साथै दुईजना केन्द्रीय सदस्यहरु  बोम बहादुर बस्नेत र  कृष्ण प्रसाद श्रेष्ठलाई सचीबालय सदस्यमा सर्बसम्मत रुपमा मनोनीत गरेको थियो । उक्त बैठकले प्रमुख सल्लाहाकारमा  क्रान्ती सींहलाई चयन गरेको थियो । 
विभिन्न प्रस्ताबहरु माथी गहन छलपल गर्दै निर्णय गरिएको उक्त बैठकमा सम्पुर्ण कार्यसमीतीका पदाधीकारीहरु समाज परवर्तन को लागि यसरीनै एकजुट भएर हातमा हात राखेर अघि बढे अझ समाजको लागि केहि दिन सक्ने भन्दै सम्पूर्ण पधाधिकारीहरुलाई धन्यवाद दिदै अध्यक्ष  युबराज पाण्डेले बैठक सम्पन्न गर्नु भएको थियो ।