हंसपुरमा बृहत सास्कृतिक कार्यक्रम सम्पन्न (फोटो फिचर)

पहिलो प्रकासित मिती: २०७२ फाल्गुन २२, शनिवार


अम्बिका बेल्बासे श्रेष्ठबाट
हंसपुर , अर्घाखाँची । अर्घाखाँची जिल्लाको हंसपुर रतनमारेमा शनिबार बृहत  सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
हरीयाली आमा समुह हंसपुर-५ रतनमारे अर्घाखाँचीको आयोजनामा सम्पन्न बृहत सास्कृतिक कार्यक्रममा महानायक राजेश हमाल, रामजी खाँड, कमल सौराग, मञ्जु घिमीरे, कमल कंडेल, तुल्सिङ्ग म्युजिक, बिजय सुनाम, खुमन थापा मगर लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।
समग्र अर्घाखाँची जिल्ला हंसपुर क्षेत्रको पर्यटकिय विकास, आन्तरिक व्यापार, लोक कला सस्कृतिको संरक्षण तथा प्रबद्र्धन गर्दै बृत्तचित्र निर्माणका लागि कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
हंसपुरको सिद्धार्थ उच्च माबिको प्रांगणमा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीबि घिमीरे, प्रहरी निरीक्षक सुजनराज भण्डारी, प्रहरी अनुसन्धान अधिकृत ताराबहादुर कुँवर, मालपोत कार्यालयका लोक कुमार कार्की, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रष्ठिानका जिल्ला अध्यक्ष सहयोगी बिसी, पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी लगायतको आथित्यता रहेको थियो ।
कार्यक्रममा अर्घाखाँचीका श्रष्टा तथा सर्जक गायक कमल सौरागलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रम हरियाली आमा समुहका अध्यक्ष हुमकुमारी रानाको अध्यक्षता र मञ्ज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।