अर्घाखाँचीमा सास्कृतिक कार्यक्रमको लागि आएका महानायक राजेश हमालसंगको अन्तरवार्ता

अर्घाखाँची जिल्लामा सास्कृतिक कार्यक्रमको लागि आएका महानायक राजेश हमालसंगको अन्तरवार्ता ।
पछिल्लो समयमा नेपाली फिल्मी क्षेत्रमा लागेका कलाकारहरु कलाकारीता क्षेत्र छोडेर राजनीति बाटो तर्फ लागेका छन् । के फिल्मी क्षेत्र ओराली लागेको हो ? निर्माण भएका चलचित्रहरु सामाजिक परिवेशमै नपच्ने खालका समेत चलचित्र निर्माण भएका छन्, यसै सन्दर्भमा महानायक राजेश हमाल संग पत्रकार नविन के.सी.ले गरेको कुराकानीको संक्षिप्त अंशः
अर्घाखाँची जिल्ला कस्तो लाग्यो ?
– अन्यत्तै रमाईलो डाँडाकाँडा रहेको सुन्दर छ खुसी लाग्यो । ११ वर्ष पहिले आएको थिए पाल्पाको बाटो हुदै औपचारिक कार्यक्रममा भने पहिलो पटक हो ।
वृत्तचित्र निर्माण गर्नको लागि अर्घाखाँची आउन भएको छ । कस्तो खाले बृत्तचित्र छायाङ्कन गर्दैहुनुहुन्छ ?
– अर्घाखाँची जिल्लाको पर्यटकीय क्षेत्रहरुलाई समावेश गरी पर्यटन प्रर्वद्धन गर्ने र अर्घाखाँची जिल्लाको अन्य ठाउँमा प्रचार-प्रसारमा मद्दत पुग्ने वृत्तचित्र छायाङ्कन हुर्दै छ ।
पछिल्लो समय नेपाली फिल्म क्षेत्र ओराली लागेको भन्ने सुनिन्छ । वास्तविकता केहो ?
– हामीहरुले समय सापेक्ष चलचित्र पस्किन सकिरहेका छैनौ, समय परिवर्तन भएको छ । कता कता चलचित्र कर्मी चुकिरहेका छौं । बदलिदो परिस्थितिलाई ध्यान दिएर चलचित्र बनाउनु पर्दछ । तर तपाईले भने जस्तो ओराली लागेको होइन केही चलचित्रले राम्रो गरिरहेका छन् त्यति निरासा जनक छैन् ।
पछिल्लो समयमा निर्माण भएका चलचित्र स-परिवार वसेर हेर्न नसक्ने भए भन्ने सुनिन्छ यसलाई कसरी लिनुभएको छ ?

– समय परिवर्तन भएको छ । परिवर्तनमा हामी कता-कता अन्योलमा परेका छौ । समय अनुसार परिवर्तन गर्दा सबैले रुची नराख्ने पनि छ । पहिले-पहिले हामीले विशुद्ध सामाजिक परिवेशमा चलचित्र निर्माण गर्दथ्यौ परिवर्तीत घडीमा विभिन्न खालका चलचित्र चल्दछकी भनी बनाइरहेका छौं तर कता-कता बाटो विराए जस्तो लाग्छ नयाँ स्वादको लागि भन्दै छिटो मुनाफा कमाउनु भन्दा दिगोका लागि आफ्नै भेष भुषा रहन-सहन सामाजिक भावना अनुसार चलचित्र बनाउनु पर्दछ भन्ने लाग्दछ ।
नेपाल अहिले संविधान कार्यान्वयन को चरणमा प्रवेश गरेको छ । के भयो भने चलचित्र क्षेत्रमा अझ विस्तार हुन्छ जस्तो लाग्छ ?
– देशले राजनीति स्थायित्व पायो भने समग्र देशको विकास हुन्छ । त्यस संगै चलचित्र क्षेत्रपनि फस्टाउँछ । राजनितिक दाउपेच भन्दा पनि राजनिति विकास र आर्थिक उन्नतीको लागि हुनुपर्दछ ।
फिल्मी क्षेत्रमा लागेका कलाकारहरु एका-एक राजनीति तर्फ लागेको देखिन्छ । तपाई राजनीति क्षेत्रमा आउने सम्भावना कतिको छ ?
-भविष्यमा सम्भावना नभएको भन्ने त छैन । म अहिले कलाकारितामै छु राजनीनितक पनि समाज सेवानै हो । कला क्षेत्रमा लाग्ने मानिस राजनीति गर्नु हुदैन भन्ने छैन तर म फिल्म क्षेत्रमा केही गर्ने सोचमा छु ।
हिजो आज दिन चर्याहरु कसरी विताउनु भएको छ ?
– मैले भर्खरै सकुन्तला भन्ने फिल्मको छायाङ्कन सके जसमा मैले कलाकारिताको दौडमा पहिलो अनुभव महिलाको अवतरमा आउदै छु । सकुन्तला मेरो नाम हो । यसको अलवा स्देश तथा विदेशमा रहेका दाजु भाई दिदी बहिनीहरुसंग भेटघाट गरेको छु र भुकम्पबाट ध्वस्त बनाएका कक्षाकोठा पुनःनिर्माण गर्ने अभियानमा जुटिरहेका छौ ।
अन्त्यमा के भन्न चाहानुहुन्छ ?
सर्वप्रथम मेरो विचार संप्रेसण गर्ने अवसर प्रदान गर्ने तपाई नविन जी लाई धन्यवाद ११ वर्ष अगाडी पुरस्कार वितरण गर्न आएको थिए औपचारिक रुपमा पहिलो पटक अर्घाखाँची आएको छु । अर्घाखाँची बासीसंग दुःख सुःख साट्ने जम्का भेट मिल्यो । कलाकारीताको क्षेत्रमा थप हौसला मिलेको छ ।
धन्यवाद !