चुत्राबेसीको सिद्धेश्वर शिबालय मन्दिरमा महाशिवरात्रीको अवसरमा भक्तजनको घुइचो ! अर्घाखाँचीभर भगवान शिवको पुजाआजा (फोटो फिचर)

चुत्राबेसी, अर्घाखाँची (अर्घाखाँची डट्कम) । महाशिवरात्रीको अवसरमा नेपालमै एक मात्र स्फटिक धातुको शिबलिंग रहेको सिद्धेश्वर शिबालय मन्दिरमा बिहानै देखि भक्तजनको घुइचो लागेको थियो । 
अर्घाखाँचीको चुत्राबेसी  भक्तिटाेला स्थति सिद्धेश्वर शिबालय मन्दिरमा नेपालकै एक मात्र स्फटिक धातुको शिबलिंग रहेको यस मन्दिरमा पुजा पाठ गर्ने भक्तजनको घुइचो लागेको थियो । 
दैनिक बैदिक बिधि पुर्बक पुजाआजा हुने  यस मन्दिरमा आज लघुरुद्री सहित बिशेस पुजाआजा पनि राखिएको थियो ।   भने मन्दिर परिसरमा मध्यान्ह आरती, अखण्ड लक्ष्यवर्तीका दीपदान, सन्ध्याकालीन आरती तथा रातभरि भजनकीर्तन हुने मन्दिर ब्यबस्थापन समितिले जनाएको छ । 
 
सिद्धेश्वर शिबालय मन्दिर सजाएर झकिझकाउ पारिएको थियो । भक्तजनको लागि मन्दिरमा दर्शन गर्नका लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाइएको थियो । 
शिवरात्रीको दिन भक्तजनले आज शिवको महिमा गाउँदै शिवलिङ्गमा गाईको दूध तथा बेलपत्र चढाएका थिए। शिवरात्रीको दिन शिवलिङ्गमा दूध तथा बेलपत्र चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।
त्यस्तै सन्धिखर्कमा रहेको १०८ गणेश पाञ्चायन मन्दिरमा पनि दर्शनार्थीहरुको बिहानै देखि घुइचो लागेको छ । यस मन्दिरमा पनि रुद्री सहित पुजाआजा राखिएको मन्दिर ब्यबस्थापन समितिले जनाएको छ । त्यस्तै अर्घाखाँची जिल्लामा रहेका बिभिन्न शिब मन्दिरहरुमा बिहानै देखि बिशेस पुजा आजा भैरहेको छ ।  
उता जिल्लाको अर्को गाविस हसंपुरमा रहेको शिवालय मन्दिर, खनमा रहेको मालारानी मन्दिर, ढिकुराको म्यालपोखरीमा रहेको शिवालय मन्दिर,खिदिम दुर्गाफाटमा रहेको दुर्गेस्वर मन्दिर, अर्घातोषमा सत्यवती शिव मन्दिर, धारापानी, ढाकावाङ, खाचिकोट,वाङ्ला, नरपानी, ठाडा र बल्कोट ३ साजबोटमा रहेको शिवलाय मन्दिर तथा जिल्लाका सबै गाविसमा रहेका स्थानिय देव देवायलय हरुमा शिवरात्रीको अबसरमा भगवान शिवको पुजाआजा गरिएको थियो ।

तस्बिरहरु: श्याम घिमिरेबाट