सोमालियामा अमेरिकी हवाई हमलामा विद्रोही समूह अल शबाबका १५० भन्दा बढी लडाकु मारिए

सोमालियामा अमेरिकी हवाई हमलामा त्यहाँको विद्रोही समूह ‘अल शबाब’का १ सय ५० भन्दा बढी लडाकु मारिएका छन् ।
मानवरहित विमान ड्रोनले गरेको हमलामा ती लडाकु मारिएको जनाइएको छ ।
अमेरिकी रक्षा मन्त्रालयका अनुसार लडाकुहरु जम्मा भएको सूचनाका आधारमा गरिएको कारवाहीमा ती लडाकु मारिएका हुन् । मन्त्रालयका प्रवक्ता क्याप्टेन जेफ डेभिसका अनुसार ठूलो हमलाको तयारीका रुपमा प्रशिक्षण शिविरमा लडाकुहरु भेला भएको समयमा हवाई हमला गरिएको हो ।
अमेरिका र अफ्रिकी संघका सुरक्षा बललाई लक्षित गरी हमलाको तयारीमा रहेका विद्रोहीहरु शिविरबाट निस्कनु अघि नै अमेरिकी ड्रोनबाट कारवाही गरिएको उनले बताए ।
राजधानी मोगादिसुबाट करिब १२० माइल उत्तरी क्षेत्रमा सो कारवाही गरिएको जनाइएको छ । (एजेन्सी)