अनेमसंघ अर्घाखाँचीको नवौँ जिल्ला अधिवेशनको उत्घाटन ! पशुु सुत्केरी भत्ताको व्यावस्था हुन्छ: मन्त्री मानवी

बसन्त श्रेष्ठ ‘छापेली’

पशुपंक्षी विकास मन्त्रीले अनेमसंघ अर्घाखाँचीको नवौँ जिल्ला अधिवेशनको उत्घाटन समेत गर्नुभएको थियो ।

सन्धिखर्क, अर्घाखाँची । पशुपंक्षी विकास मन्त्री शान्ता मानवीले पशुु सुत्केरी भत्ताको व्यावस्था गर्ने बताउनुु भएको छ । सिमान्तकृत समुदायको उत्थान तथा प्रगतिका लागि पशु जीवन बिमा सँगै अब पशु सुत्केरी भत्ताको समेत व्यावस्था गर्ने बताउनुुभयो । ‘किसानले पशु पालेर मात्रै हुुदैन, उचित पोषण चाहिन्छ, मन्त्री मानवीले भन्न्ुभयो, ‘उचित पोषणले मात्रै पशुपंक्षीको विकास पनि हुन्छ, त्यस कारण पशु सुत्केरी भत्ताको व्यावस्था हुन्छ ।’
प्रेश चौतारी अर्घाखाँची शाखाले मदन आश्रित भवन सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा मन्त्री मानवीले आर्थिक सम्बृद्धिको शशक्त माध्यम कृषि र पशु भएको पनि बताउनुभयो । 
उहाँले किसानहरुको कृषि तथा पशु पालनलाई व्यावसायिक बनाउनका लागि यस्तो अवसर ल्याउन लागेको जानकारी गराउनुभयो । मावनीले अबको युग समुन्नत बन्ने युग भएको भन्दै एक वर्षमा अण्डा र दुई वर्षमा मासुमा र तीन वर्षमा राज्यलाई आत्मनिर्भर बनाउने बताउनुभयो । उहाँले मासु यो युग संबिधान जारी पछिको कार्यान्वयनको युग हो, उहाँले भन्नुभयो, ‘अब मुलुकलाई एक वर्ष भित्रमा अण्डा र दुई वर्ष भित्रमा मासुमा र तीन वर्षमा आत्मनिर्भर बनाउँछौ ।’
निर्वाह मुखी र परनिर्भर बन्ने प्रबृत्तिले आर्थिक सम्बृद्धिमा आच आएको भन्दै व्यावसायिक र आत्मनिर्भर बन्नु उहाँले पर्नेमा जोड दिनुभयो । आधुनिक वधशाला बनाउनु पर्नेमा जोड दिदै उहाँले बधशाला देखि भान्सा सम्म सुद्ध र गुणस्तरिय मासु पाउनुपर्नेमा धारण राख्नुभयो । साथै मन्त्री मानवीले महिलाको अधिकार संविधानमा समावेश भएको भन्दै कार्यान्वयनको दिशामा सबै केन्द्रित हुनु पर्ने बताउनुभयो ।
साथै मानवीले अनेमसंघ अर्घाखाँचीको नवौँ जिल्ला अधिवेशनको उत्घाटन समेत गर्नुभएको थियो । कार्यक्रमको उत्घाटन गर्दै मानवीले महिलाहरुलाई सशक्तिकरणमा लाग्न जोड दिनुभयो ।
 कार्यक्रममा क्षेत्र नम्बर २ का सांसद डा. दुमन सिंह थापा, नेकपा एमाले केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज नजिर मिया, जिल्ला कमिटि अध्यक्ष जीवनारायण कोईराला, अनेमसंघ केन्द्रिय सदस्य बिजुला रायमाझी, मैना भण्डारी, पवित्रा पौडेल लगायतले सम्मेलनको सफलताको शुभकामना दिनुभएको थियो । जारी सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ ।