सन्धिखर्क – डिहिडाँडाका वसन्त परियार “श्रीसागर” को लोकदोहोरी म्यूजिक भिडियो “मथुरा बेशीमा” बजारमा (भिडियो सहित)

लोकदोहोरी म्यूजिक भिडियो मथुराबेसीमा ।
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका -९  ( खाचिकोट – ५ ) डिहिडाँडाका पुराना कलाकार वसन्त परियार “श्रीसागर” को लोकदोहोरी म्यूजिक भिडियो “मथुरा बेशीमा” बजारमा आएको छ । एल्बम २०५८ सालमा निकालिएको भएता पनि म्यूजिक भिडियो भने बल्ल बजारमा आएको हो ।
मधुरा बेसी एल्बमलाई केही परिवार्जन गरि बजारमा ल्याइएको छ । “मथुराबेसीमा आउन माया बसौन साथैमा मायालु भेसैमा” मा वसन्त परिवार “श्रीसागर” र टीका पुन स्वर रहेको छ भने एरेन्ज सुदिप सागरले गरेका छन् । यस्तै अभिनय माधव ढकाल र अप्सना थापाको रहेको छ । निदेशन स्‍मृति सिमल्सिना रहेको म्यूजिक भिडियो कामना डिजिटलले बजारमा ल्याएको हो ।
कलाकार वसन्त परियारका २०५८ सालमा निकालिएका यो सँगै फुडवाङ झर्दा साननानी लगायत चर्चित गीत एल्बमका म्युजिक भिडियो केही समय पछि बजार आउने छन् । २०५८ सालमा निकालिएका यि चर्चित एल्बममा बसन्त परियार, अन्जु पन्त, मेहर सिंह के.सी, स्वर्गिय पवन भट्टराई, विजय सिंह छेत्री, सप्पन के.सी, गिरिराज पोखेरल, टोपलाल खनाल, बिष्णु आचार्य लगायत रहेका छन् ।
२०५८ साल देखि थुप्रै लोक आधुनिक गाएका वसन्त परियार “श्रीसागर” का सबै गीतले स्रोताको मन पक्कै जित्ने छ भन्ने विश्वास लिइएको छ ।
२०५८ सालमा बसन्त परियार, अन्जु पन्तको स्वर रहेको “मथुराबेसीमा”को एल्बम अडियो यस्तो छ:

अन्य समाचारहरु