अर्घाकाे गन्धर्व तथा दलित समुदायको वस्तिमा भेटघाट कार्यक्रम सम्पन्न

अर्घा, अर्घाखाँची (अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका १२ अर्घाकाे गन्धर्व तथा दलित समुदायको वस्तिमा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा अष्ट्रेलियन विदेशी पाहुनाहरु लगायत एमाओवादीका जिल्ला नेताहरुको उपस्थित रहेको थियो । 
यसअघि गत वर्ष पानी चुहिने र प्रकाश भित्र पस्ने नल र खरले बारेका स-साना छाप्रे घरमा बस्दै आएका सन्धिखर्क १२ अर्घाका २२ परिवार गन्दर्भलाई सरकारले नयाँ घर बनाइदिएको थियो । सारंगी रेटेर दैनिक जीवीकोपार्जन चलाउँदै आएका गरिब तथा विपन्न परिवारका गन्दर्भहरु अप्ठ्यारो र भिरालो ठाउँमा छाप्रे घरमा बस्नु पर्दा निकै दुःख झेल्दै आएका थिए। वर्षात्को समयमा घरभरि पानी भरिने, लत्ताकपडा भिज्ने तथा चिसोको समयमा घरभित्र पस्ने सिरेटोले थरथर काँपेर रात कटाउन बाध्य भएका उनीहरु सरकारले बनाइदिएको ४ कोठे पक्की घरमा घाम तापेर बस्न पाउँदा जीवनमा नयाँ अनुभव भएको बताउँछन्। 
गाउँघरमा सारंगी बजाउँदै हिँडेर संकलन गरेको अन्न, तरकारी, नुन तेलले दैनिक गुजारा चलाउँदै आएका २२ गन्धर्व परिवारका लागि गरिबी निवारण कोषको ४० लाख र जनता आवास कार्यक्रमअन्तर्गत ३७ लाख गरी कूल ७७ लाख रुपियाँको लागतमा नयाँ घर बनाइएको थियो । 

तस्बिरहरु: ठाकुर कुमार विकबाट