काठमाडौं ( अर्घाखाँची डट्कम)। काठमाडौंमा बस्दै आएका एक जना अर्घाखाँचीबासीको कोठामा बिजुलीको लाइन सर्ट भई शनिबार आगलागी हुँदा धनमाल क्षति भएको छ ।
अर्घाखाँची बल्कोट-४ का गंगा लम्सालको कोठामा आगलागीबाट धनमाल क्षति भएको हो ।
काठमाडौं महानगरपालिका-३३ डिल्लीबजार चारखाल डेरा गरी बस्ने लम्सालको कोठामा बिजुलीको लाइन सर्ट भई आगलागी हुँदा लत्ताकपडा भाडाकुँडा र नगद १५ हजार रुपैयाँ समेत गरी करीव १ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।