छहारी वचत तथा ऋण सहकारी संस्था किमडाँडाको साधारणसभा सम्पन्न

किमडाँडा । फाइल तस्बिर 
किमडाँडा, अर्घाखाँची ( अर्घाखाँची डट्कम)। संस्थाका अध्यक्ष इश्वरी प्रसाद भुसालको अध्यक्षता, सन्धिखर्क वडा १०, किमडाँडाका वडा नागरिक मञ्चका संयोजक नारायण आर्यालको  प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।   
कार्यक्रममा संस्थाका कोषाध्यक्ष नारायण पौडेलले ६५ लाखको आय-व्यय प्रस्तुत गरेका थिए ।  
कार्यक्रममा बौल्दै प्रमुख अतिथि अर्यालले सहकारीले ऋण परिचालन गर्ने काममा मात्र समिति हुन नहुने बताए ।  उनले सहकारीले कृषि, पशुपालन तथा उद्योगको क्षेत्रमा पनि लगानी गरि आर्थिक समृद्धमा टेवा पु-याउन कार्ययोजना तयार पार्नुपर्ने बताए । 
कार्यक्रममा कमलप्रसाद भुसाल, धर्मराज पौडेल, मुमाराम भुसाल, कृष्ण बहादुर खत्रीले सुझाव तथा टिप्पणि उठाएका थिए । कार्यक्रम लोकनाथ भुसालको स्वागत मन्तव्य र यामलाल पौडेलको सञ्चालमा सम्पन्न भएको हो । 

अन्य समाचारहरु