वर्षासंगै परेको भारी असिनाले अर्घाखाँचीभर अन्तबाली एवं तरकारीखेती नष्ट

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँची डट्कम) । वर्षासंगै परेको भारी असिनाले अर्घाखाँची जिल्लाभर अन्तबाली एवं तरकारीखेती नष्ट पारेको छ । सोमबार परेको असिनाले भित्र्याउने अवस्थामा रहेको मसुरो, गहुँ, जौं, चना, केराउ आदिको बाली नष्ट पारेको हो । 
अर्घामा । तस्बिर: रमेश थापा, अर्घाखाँची डट्कम
यति ठूलो ठूलो असिना परेको आफूले कहिल्यै नदेखेको अर्घाका स्थानीयहरुले बताए। 
 
असिनाबाट सबैभन्दा बढी क्षति सन्धिखर्कका आसपासका गाविसमा पुगेको छ । सन्धिखर्क नजिकका अर्घा, खाचिकोट लगायत गाउँमा ठुलो अन्न तथा तरकारीबाली क्षति भएको छ । 
 
अर्घा स्थित मसुरेपाटामा सोमबार परेको असिनापानी । तस्बिर: रमेश थापा, अर्घाखाँची डट्कम
जिल्लाका कयौ ठाउँमा टमाटर, भिन्डि, सिमि, आलु, बोडी, खुर्सानी, प्याज जस्ता तरकारीबाली र खाद्यान्न अन्तरगत चना, केराउ, गहुँ, मसुरो असिनाले सखाप पारेको बताइएको छ ।  
 सन्धिखर्कमा । तस्बिर: बिनोद गैरे, अर्घाखाँचीडट्कम

गाउँ गाउँका कयौ सडकहरु भात्किएका छन् ।