म्यानमारको संसद्ले ह्वित क्वावलाई नयाँ राष्ट्रपतिमा निर्वाचित गरेको छ ।
सैनिक नेतृत्वले सत्ताको नेतृत्व सम्हाले यता म्यानमारमा ५० वर्ष भन्दा बढी समय नागरिक सरकारले सत्ताको नेतृत्व गर्न सकेको थिएन । क्वाव नेशनल लिग फर डेमाक्रेसी एनएलडीकी नेतृ आङ साङ सुचीका विश्वास पात्र हुन् ।
justify;”>एक जना एनएलडीका नेता र अर्का सेनाले अगाडि सारेका उम्मेदवारलाई पराजित गर्दै क्वाव राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो । सन्तान विदेशी नागरिका भएको भन्दै सुचीलाई संवैधानिक रुपमै राष्ट्रपनि हुनबाट रोक लगाइएको थियो ।
सैन्य नेतृत्वसँगको लामो छलफलपछि पनि यस्तो संवैधानिक अड्चन हटाउन सुची असफल भएकाले उनले क्वावलाई राष्ट्रपतिको उम्मेदवारमा अगाडि सारेकी थिइन ।
सुचीले आफु राष्ट्रपति भन्दा माथि रहने बताइ सकेकी छिन् । गत नोभेम्बरमा सम्पन्न चुनावपछि म्यानमारको संसदमा अहिले एनएलडीको बहुमत छ ।
नयाँ राष्ट्रपतिले यो महिनाको अन्त्यमा सेनालाई समर्थन गरेका थिन सेनलाई प्रतिस्थापित गर्ने छन् । (एजेन्सी)