सन्धिखर्कमा जलबायु परिवर्तन सम्बन्धी अन्तरक्रिया गोष्ठी सम्पन्न (फोटो फिचर)

श्याम प्रसाद घिमिरे 
सन्धिखर्क, अर्घाखाँची ।  “अनुकुलन कृषि आयोजना गाउँ देखि घर , जलबायु परिबर्तनका असर भगाऔं  परपर” भन्ने मुल नाराका साथ जलबायू परिवर्तन अनुकूलन कृषि आयोजना जानकारी तथा अन्तरक्रिया गोष्ठी अर्घाखाँची जिल्ला को सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । 
स्थानीय बिकास अधिकारी लक्ष्मी पान्डे गौतम को अध्यक्षता, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल को प्रमुख अतिथ्यता र जिल्ला पशु सेबा कार्यलयका प्रमुख डा. रामनारायण मन्डलको स्वागत मन्तव्यमा संपन्न  कार्यक्रममा नेपाली काग्रेस का जिल्ला सभापति बिस्नु प्रसाद खनाल मुस्कान, नेकपा एमाले का सचिब राम बहादुर चौहान, एनेकपा माओबादीका जिल्ला उपाध्यक्ष ठाकुर कुमार बिक किसोर, राष्ट्रिय जनमोर्चाका सागर के.सी. ,राप्रपा नेपाल की पबित्रा पौडेल , राप्रपाका अम्मर बहादुर थापा ,जनमुक्ति पार्टिका टोप बहादुर बलाल, नयाँ शक्तिनेपालका संयोजक खिम बहादुर बिक, परिबार दलका डिल्लिराज भुसाल , जिल्ला कृषि बिकास कार्यलयका बरिस्ठ कृषि बिकास अधिकृत योग प्रसाद खरेल,महिला बिकास अधिकृत दिपा घिमिरे ,कृषि बिकास मन्त्रालयका उपसचिव पर्शुराम अधिकारि , ँब्इ का अर्जुन सिह थापा,राष्ट्रिय प्राविधिक संयोजक कृष्ण प्रसाद पन्त (एज्म्), जिल्ला परियोजनाका संयोजक माधव पराजुली  लगाएतले मन्तब्य राखेका थिए । कार्यक्रमको संचानल बुद्धि भट्टराईले गरेका थिए । 
कार्यक्रममा बोल्ने वक्ताहरुले हामी आफैले अपराध नगरेतापनि सजाय पाईरहेकोले यसको सामना गर्न जलबायु समुत्थानमुलक अभ्यास रणनीती तथा योजनाहरु प्रवर्धन गनुपर्नेमा जोड दिएका थिए ।

तस्बिरहरु: श्याम प्रसाद घिमिरे, अर्घाखाँचीडट्कम