पाकिस्तानमा बुधबार सरकारी कर्मचारी सवार एउटा बसमा विस्फोट भएको छ । पेशावरमा भएकमो सो विस्फोटमा कम्तीमा पनि १६ जनाको मृत्यु भएको बताइएको छ ।
सरकारी अधिकारीहरुका अनुसार विस्फोटबाट अन्य २५ जना घाइते भएका छन् ।
घाइतेहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
अधिकारीहरुका अनुसार बस मै विस्फोटक पदार्थ राखिएको थियो ।