सन्धिखर्कको किमडाँडामा एक १४ वर्षीय बालिकाले झुण्डिएर आत्महत्या गरिन्

किमडाँडा लगायत । फाइल तस्बिर  
किमडाँडा, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको किमडाँडामा एक बालिकाले झुण्डिएर आत्महत्या गरेकी छन् ।
सन्धिखर्क नगरपालिका वडा नं. १० किमडाँडाकी १४ वर्षीय बालिकाले बुधवार आफ्नै घरमा आत्महत्या गरेकी  हुन् । 
चुत्राबेशी स्थित जनज्योती उच्च माविमा कक्षा- ९ मा अध्ययनरत छात्रा शुसीला परियारले बुधवार विधालयमा परीक्षा दिएर फर्केपछि साँझ करिव ४ बजे तिर आफ्नो घर कोठाको दलीनमा कोही नभएको मौका छोपी रातो कपडाको सलले पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिईन ।  
मृतक छात्राका बाबु-आमा एक दिदी एक बहिनी र एक भाई छन् । आत्महत्याको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुसीलाको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको छ ।