अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची । जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले सन्धिखर्कमा चालकलाई प्रशिक्षण दिएको छ ।
मोटरसाइकलका आबश्यक कागजाच चेकिङको क्रममा सन्धिखर्कको चुत्रावेशीमा ।
प्रहरीले सन्धिखर्कको चुत्रावेशी स्थित देउराली यातयात व्यवसायी समितिको प्रधान कार्यालयमा चालकहरुका लागि चेतना मूलक कार्यक्रम गरेको हो ।
ट्राफिक नियमको पालना नगर्दा दुर्घटना वढने भन्दै ट्राफिक नियमको पालना गरेर मात्र सवारी चलाउन प्रहरीलाई चालकलाई आग्रह गरेको छ । ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख रेशम रानाभाटले चालकलाई प्रशिक्षण दिएका थिए । उनले चालकले मुस्कान सहितको सेवा दिन नसकेको भन्दै यात्रुलाई नम्र व्यवहार गर्नुपर्ने बताए । उनले चालकले सवारी साधन चलाउदा चप्पलको प्रयोग गर्दा दुर्घटना वढने भन्दै जुत्ताको प्रयोग गरेर मात्र सवारी चलाउन सुझाव दिए । रानाभाटले गाडीमा धेरै यात्रु सवार नगराउन, सिटवेल्टको प्रयोग गर्न, साइडलाइट प्रयोग गर्न जोड दिएका थिए ।
मोटरसाइकलका आबश्यक कागजाच चेकिङको क्रममा सन्धिखर्कको चुत्रावेशीमा ।
कार्यक्रममा देउराली यातयात व्यवसायी समितिका झण्डै ५० जना चालक सहचालको उपस्थिति रहेको थियो ।