उत्तर कोरियाद्वारा अर्को ब्यालेस्टिक मिसाइलको परीक्षण

उत्तर कोरियाले अर्को ब्यालेस्टिक मिसाइलको परीक्षण गरेको छ । उत्तर कोरियाले ८ सय किलोमिटर लामो क्षमतामा मार हान्नसक्ने मिसाइलको समुद्रमा परीक्षण गरेको दाबी दक्षिण कोरिया र अमेरिकी अधिकारीहरुले गरेका हुन् ।
अमेरिकी राष्ट्रपति बाराक ओमाबाले थप नाकाबन्दी गर्ने निर्णय गरेलगत्तै उत्तर कोरियाले अर्को ब्यालेस्टिक मिसाइलको परीक्षण गरेको हो ।
 अमेरिकी राष्ट्रपति ओबामाले उत्तर कोरियाली सरकारको अमेरिकामा रहेको सम्पूर्ण सम्पत्ति रोक्का गर्न आदेश दिएका थिए ।
यसअघि उत्तर कोरियाले अन्तर्राष्ट्रिय कानुन विपरित मिसाइल परीक्षण गरेको भन्दै संयुक्त राष्ट्रसंघले पनि नाकाबन्दी गर्ने निर्णय गरिसकेको छ । तर नाकाबन्दीको बेवास्ता गर्दै उत्तर कोरियाले मिसाइल परीक्षण जारी राखेकाले तनाव बढ्ने देखिएको छ । (एजेन्सी)