पेरिस आक्रमणको मुख्य दोषी मानिएको सालाह अब्देस्लामलाई नियन्त्रणमा लिइएको बेल्जियम प्रहरीले दावी गरेको छ ।
यसअघि ब्रसेल्सको मोलेन्बिक इलाकामा छापामार्ने क्रममा अब्देस्लाम घाइते भएका थिए । गत नोभेम्बरमा गराइएको पेरिस आक्रमणको मुख्य दोषी मानिएको उनलाई प्रहरीले लगातार खोजी गरिरहेको थियो ।
औलाको चिह्नका आधारमा पक्राउ परेका व्यक्ति अब्देस्लाम नै भएको प्रहरीले दावी गरेको हो । पेरिस आक्रमणमा १३० जना मारिएका थिए । आक्रमणको समयदेखि नै ब्रसेल्समा जन्मिएका फ्रान्सेली नागरिक अब्देस्लामको खोजी तीब्र बनाइएको थियो । पेरिस आक्रमणपछि उनी फरार थिए । (एजेन्सी)