नेपाली पर्वतारोहीको पाकिस्तानमा हत्या गर्ने आतंकवादीलाई मृत्युदण्डको सजाय

नेपाली पर्वतारोहीको हत्या गर्ने आतंकवादी इर्फान उल्लाहलाई मृत्युदण्ड दिईने भएको छ । उनलाई मृत्युदन्ड दिने निर्णयमा पाकिस्तानी सेनापतिले हस्ताक्षर गरेका छन् ।
नेपाली पर्वतारोही सोना शेर्पा र थप नौ विदेशी आरोहीको २०१३ जुन २२ मा नङ्गा पर्वतमा हत्या भएको थियो । सोनाले त्यस अघी  २००९ मा पनि नन्गा पर्वतको आरोहण गरेका थिए ।
पाकिस्तानी सेनापति राहिल सरिफले १३ आतंकवादीलाई मृत्युदण्ड दिने निर्णयमा हस्ताक्षर गरेका हुन् । नङ्गा पर्वतमा विदेशीको हत्या गर्ने इन्र्फानसहित १३ जना आतंकवादीलाई मृत्युदण्ड दिने निर्णयमा सेनापतिले हस्ताक्षर गरेको पाकिस्तानी सेनाको जनसम्पर्क कार्यालयले जनाएको छ ।
कार्यालयका अनुुसार इर्फानसहितका आतंकवादीलाई सेनाको अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो ।
२०१३ मा चिनियाँ टोलीसहित नङ्गा पर्वत चढ्न गएको बेला उनिहरु आतंकवादीबाट मारिए । अन्य ८ जना नेपाली शेर्पा भने बाँचेका थिए । नङ्गा विश्वकै नवौ अग्लो हिमाल हो । घटनमा मारिएका सेना ३५ वर्षका थिए । – एजेन्सीको सहयोगमा