आर.बी. खडका
नयाँ शक्तिले पशुपति क्षेत्रमा झाडु चलाएको खबर प्रमुखताका साथ प्रकाशित भयो । समाचार सुन्दा त्यही बाग्मती किनारका सुकुम्बासीहरुको मन चर्कियो । एकजना बुढी आमाले सुस्केरा छोड्दै भनिन- बाग्मती किनारबाट विचल्ली पारेर हाम्लाई बर्खाको भेलमा उठिवास गर्ने यै बाबुराम हैन ?
बुढी आमाको वेदना जायज थियो । शोषण र दमनको पर्खालमा हथौडा चलाउन छोडेर बाबुरामहरु अहिले एउटा नौंटंकी गर्दैछन् । सस्तो लोकप्रियता र प्रचारबाट मध्यमवर्गीय सुकिलाहरुको सहानुभूति बटुल्ने अभियान । बाबुरामले शोषण र दमनको फोहोर सफा गर्न चाहेनन भन्ने कुरा झनपछि झन पुष्टि गर्दैछन् ।
बाबुरामजी, देशका क्रान्तिकारी कम्युनिस्टहरू वास्तवमा देश, जनता र समाजको मुक्ति, प्रगति र अग्रगामी परिवर्तनका लागि आफूलाई सचेत ढङ्गले बलिदान गर्ने महान् व्यक्तिहरु हुन । उनीहरुका लागि समाजको युगौंदेखिको फोहोर सफ ागर्ने दायित्व अगाडि छ । सामन्तवादले खडा गरेका विभेद, दासता, शोषण र दमनका पर्खालहरू भत्काउन नसकेसम्म केही पनि सफा हुँदैन । जबसम्म जनताको मुक्ति हुँदैन, तबसम्म हामी निरन्तर क्रान्तिकारी दिशामा अघि बढिरहन आवश्यक हुन्छ ।
तर बिडम्बनाको कुरा, हिजोका कम्युनिस्ट नेता र अहिले नयाँ शक्ति अभियानका संयोजक डा। बाबुराम भट्टराई झाड़ू बोकेर पशुपति क्षेत्र सफा गर्न लागिपरेका छन् । यो त्यही बाग्मती हो, जसको किनारामा बसेका गरीब दुखी सुकुम्बासीलाई यिनै बाबुरामले लखेटेका हुन । कतै फेरी नयाँ शक्तिले बागमती नदीका किनारा मा ९झुपडी ० बस्ने गरीबलाई सफाईको निहू मा डोजर लगाउने त होईन रु प्रश्न उठेको छ । बाबुरामजी, सफाईको नाममा भोट बैंकको राजनीत नगरौ । आफ्नो घर मा झाडू लगाउन कामदार राख्ने तपाईहरुले देशमा झाड़ू को नौटंकी किन गर्नुहुन्छ ? प्रश्न उठेको छ-बाबुराम भट्टराईले संचालित गरेको ‘नयाँ शक्ति’ नामक संगठन संघ(संस्था, एनजीओ हो की पार्टी हो रु देशको राजनीति यति संकटमा परिरहेको बेला, शिक्षा र स्वास्थ्यको बेहाल भएको बेला, शोषण र दमनका चक्रहरु झन बढिरहेको बेला, भूमण्डलीकरणले धनी र गरीबबीच झन दूरी बढिरहेको बेला त्यसतर्फ ध्यान दिनुको साटो यती बेला देशको राजनीतिलाई सबैको ध्यान आफूतिर तान्न बाबुरामले निक्कै ठूलो प्रयत्न गरेका छन् ।
अहिले चिया पसलदेखि दिल्ली दरबारसम्म नयाँ शक्तिको चर्चा केही चलेको छ । सबै पक्ष र विपक्षमा बहस आइरहेका छन् । ‘नयाँ शक्ति’ राम्रो भएर हो या नराम्रो भएको हो, छलफलर बहस चलिरहेको छ । बाबुराम भट्टराईले नेपालका केहि बजारमा आएको नयाँ ब्राण्ड ‘नयाँ शक्ति’ को विज्ञापन बडो सतर्कतापूर्वक हिरोले जस्तै अभिनय गरी गरेजस्तो गरी प्रचार अभियानमा लागेका छन् ।
तर विस्तारै पर्दाहरु खुल्दै आएका छन् । रहस्यहरु समाप्त हुने क्रम शुरु भएको छ । नयाँ शक्तिको विचार, राजनीति र संगठन सार्वजनिक भएको छ ‘नयाँ शक्ति’ नेता गणहरु पनि फुत्तफुत्त निस्किरहेका भागेका छन किन ? यसले पहिलो चरणको आकार ग्रहण गरिसकेको छैन । पूरै पार्टीको आकार नलिए तापनि विहानीले दिनको संकेत दिने भने जस्तै ‘नयाँ शक्ति’ ले राम्रो सुभ सन्देश दिन सकेको छैन केही दिन र केहि महिनाहरुका गतिविधि र अभिव्यक्ति फरक फरक आएका छन कहिले सहिदको नाम मा राजनीती कहिले झाड़ू को नाम मा राजनीती बाबुरामको नयाँ दिशा र दशाबारे प्रारम्भिक टिप्पणी गर्न सकिन्छ ।
क्रान्तिमा केही नेताहरूले धोका दिन सक्छन्, धोका दिएका पनि छन् । तर पनि क्रान्तिको प्रवाह रोकिँदैन र रोकिनु पनि हुन्न । क्रान्तिको सामूहिकीकरणको चरित्रलाई ख्याल गर्दै यसको ऊध्र्वगामी दिशा पक्रनु आजको आवश्यकता हो ।
नयाँ शक्ति अभियानका संयोजक डा. बाबुराम भट्टराई ले माक्र्सवादी दर्शन धेरै पूरानो दर्शन भइसकेकाले त्यसका केही सकारात्मक विषयलाई मात्र ग्रहण गर्ने कुरा आजभोलि कम मात्र सुन पाइन्छ ।अर्थात समग्र माक्र्सवाद होइन, ? माक्र्सवाद ग्रहण नगर्ने ले किन द्वन्द्ववाद स्वीकार्ने । बाबुराम जी ले कम्युनिस्ट पार्टीमा जीवनभर योगदान गरेको आफैंले रोपेको फललाई फलाए फूलाएको कम्युनिष्ट पार्टी छाडे, त्यसको नेतृत्व छाडे, विचार छाडे र झण्डा छाडे महान सहिदहरु को सपना छाडे ! सार्वजनिक कार्यक्रम या मंचहरुबाट उनी अहिले मुठ्ठी उठाएर लाल सलाम वा अभिवादन गर्दैनन्, नमस्कार गर्छन् ।
बिचार छोडे , कमरेड छोड़े ,आगामी दिन मा महान नेपाली जनतालाई जबाफ छ ? गरीब को झुपडी मा आगो लगाएर आर्थिक क्रान्ति कसको लागि हो ! तपाईको एक कासन ले मोर्न मार्ने तयार भएका जनमुक्ति सेना घाईते अपांग महान सहिदहरुलाई के आर्थिक क्रान्ति को निम्ति बलिदान दिएका थिए ? अग्रगामी परिवर्तनका लागि आफूलाई सचेत ढङ्गले बलिदान गर्ने महान् व्यक्ति सहिद हुन्छ । असचेत मृत्यु सहिदीमृत्युमा पर्दैन । उद्देश्यहीन असचेत मृत्युलाई पनि सहिद मृत्युमा गणना गर्न थालिएकाले सहिदको अवमूल्यन हुँदै गएको हो । तपाई को आर्थिक क्रान्ति कसको निम्ति हो !
बाबुरामजी, राजनीतिक ऐजेण्डाविहिन भएर तपाईहरुले सस्तो चर्चाका लागि जसरी आफ्नो विज्ञापन गर्दै हुनुहुन्छ, त्यसले तपाईलाई आम गरिब जनताको हिरो बनाउँदैन । शोषण दमनका जालोहरुलाई सफ ागर्ने दर्शन तपाईले त्यागिसक्नु भएको छ, त्यसैले तपाईलाई म जनताको प्रतिनिधि भन्ने अधिकार पनि छैन । सक्नुहुन्छ भने लाखौं सपनाहरुलाई कुल्चिने आफ्नो गन्त्व्यप्रति पश्चाताप गरेर जनतामाझ जानुस्, नत्र तपाईले जतिसुकै पशुपतिको आशीर्वादा खोजेपनि बाग्मतीका सुकुम्बासीहरुको रोदनले तपाईलाई शान्तिले बस्न दिने छैन ।