जातीय भेदभाव उन्मुलन दिवस विभिन्न कार्यक्रम गरी अर्घाखाँचीमा पनि मनाइयो (भिडियो/फोटो फिचर)
चैत्र ८ गते, २०७२ मा प्रकाशित
बाजागाजा सहित । भिडियो: कृष्ण परियार/अर्घाखाँचीडट्कम
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जातीय भेदभाव उन्मुलन दिवस विभिन्न कार्यक्रम गरी अर्घाखाँची जिल्लामा पनि मनाइएको छ ।
जातीय छुवाछुत अन्त्य गरौ, जातिय छुवाछुत कसुर ऐन २०६८ लागु गरौ भन्ने नाराका साथ भेदभाव विरुद्धको ५१ औं अन्तराष्ट्रिय दिवस अर्घाखाँचीमा पनि मनाइएको हो ।
जिल्ला बिकास समिती, जातिय वर्ग उत्थान जिल्ला समन्वय समितीले आयोजना गरेको कार्यक्रममा विभिन्न संघ- संस्था, राजनीतिक दल, कार्यालय, प्रत्रकारहरुको उपस्थित रहेको थियो ।
कार्यक्रम अगाडि बाजागाजा सहितको -र्यालीले सन्धिखर्क बजार परिक्रमा गरेको थियो । कार्यक्रममा नाचगान समेत गरिएको थियो ।
दक्षिण अफ्रिकाको साप भिल्ले शहरमा सन् १९५९ मा गोरा जातिको रङ्ग विभेदविरुद्ध आन्दोलनमा उत्रिएका ६९ जना कालाजातीका मानिसकोे हत्या गरिएको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।
संयुक्त राष्ट्रसंघले उक्त घटनालाई मानव अधिकारको हननका रुपमा लिदैँ सन् १९६६ मा सबै प्रकारका जातीय विभेद उन्मुलन सम्बन्धी अन्र्तर्राष्ट्रिय महासन्धी पारित गरेको छ । नेपालले भने सन् १९७१ म महासन्धीको अनुमोदन गरेको छ ।
नेपालको अन्तरिम संविधान २०६३ मा जातीय भेदभाव गर्न नपाइने उल्लेख छ । यद्यपि नेपालमा पुर्णरुपमा जातीय भेदभाव भने अझै हट्न सकेको छैन ।