इस्लामिक स्टेट आईएसविरुद्ध भीषण सैन्य कारवाही जारी राखेको सिरियाली सेना ऐतिहाँसिक शहर पाल्माईरा नजिक पुगेको छ ।
विगत १० महिनादेखि आईएस लडाकुहरुको पूर्ण नियन्त्रणमा रहेको पाल्माईरा शहरको बाहिरी घेरासम्म सिरियाली सेना पुगेको दाबी सरकारी अधिकारीहरुले गरेका छन् ।
त्यस क्षेत्रमा कार्यरत अधिकारवादीहरुका अनुसार पाल्माईरा शहरको सुरक्षार्थ खटिएका आईएस लडाकुलाई शहरको बाहिरी भागबाट पछि हट्न बाध्य पार्दै सिरियाली सेनाले शहरको किनारासम्म आफ्नो पहुँच पुर्याएको छ ।
अब शहर नियन्त्रणमा लिने प्रयास हुँदा स्थानीय वासिन्दा चेपुवामा पर्ने सम्भावना बढ्दै गएको छ ।
ऐतिहाँसिक एवम् पुरातात्विक महत्वका सम्पदा रहेको पाल्माईरा शहर गत मे महिनामा नियन्त्रणमा लिएपछि आईएस लडाकुले २ हजार वर्ष पुराना मन्दिर एवम् अन्य सम्पदा तथा संग्रहालयहरु ध्वस्त पारेको थियो । (एजेन्सी)