सन्धिखर्कमा व्यवस्थापन शिक्षा सम्वन्धी विद्यार्थीहरुसँग अन्तरकृया कार्यक्रम सम्पन्न

घनश्याम पौडेल 
चुत्रावेसी, अर्घाखाँची । मानव सभ्यताको विकास सङसगै व्यवस्थापनको सुरुवात भएको र व्यवस्थापन विषयको माग वढदै गएकोले व्यवस्थापन विषय राम्रो भएको एक कार्यक्रममा वोल्ने वक्ताहरुले वताएका थिए । 
एम्स कलेज वुटवलको आयोजना तथा अक्सफोर्ड एजुकेशन कन्सल्टेन्सी चुत्रावेसी अर्घाखाँचीको सहकार्यमा सम्पन्न भएको कार्यक्रममा वोल्दै अर्घाखाँची शिक्षा क्याम्पसका प्रध्यानाध्यापक श्र्रीकृष्ण भुसालले २१ औ शताव्दीमा व्यवस्थापनको माग वढदै गएकाले आफुले अध्ययन गरेको व्यवस्थापन विषय अहिले महत्वपुर्ण भएको वताउनुभएको थियो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षण नारायण पोख्रेलले मिहिनेत गरेर अध्ययन गरेमा कुनै पनी विषय नराम्रो नहुने र अहिले नेपालमा व्यवस्थापनको माग वढदै गएकाले विद्यार्थीहरुलाई राम्रोसँग अध्ययन गरी आउदै गरेको परिक्षामा उच्च शिक्षा सफलताको शुभकामना समेत दिनुभएको थियो । 
अर्घाखाँची टेक्नकिल कलेजका प्रध्यानाध्यापक दोण प्रसाद भुसाल, शान्ती उमावी वाँगीका प्रध्यानाध्यापक मानवहादुर पाण्डे, हरि प्रसाद, युवराज भुसाल जनज्योती उमावीका शिक्षक युवराज वेल्वासे लगाएतले मनतव्य राख्नुभएको थियो । 
कार्यक्रममा चन्द्रप्रभा उमाविका प्रध्यानाध्यापक दिनवहादुर थापा, शिक्षीका सिता श्र्रेष्ठ, विष्णु प्रसाद भुसाल, पत्रकार घनश्याम पौडेल लगाएतको उपस्थितीमा सम्पन्न कार्यक्रम एम्स कलेज वुटवलका अध्यक्ष गोपाल प्रसाद न्यौपानेको अध्यक्षता, शिक्षक वमवहादुर खत्रीको स्वागत मनतव्य र शिक्षक रोशन खरेलको सञ्चालनमा सम्पन्न भएको पत्रकार घनश्याम पौडेलले जानकारी दिनुभएको छ ।
                   तस्विर: घनश्याम पौडेल, अर्घाखाँचीडट्कम