भारतको उत्तराखण्ड राज्यमा राष्ट्रपति शासन लागू

 भारतको उत्तराखण्ड राज्यमा राष्ट्रपति शासन लागू भएको छ । पीटीआई समाचार एजेन्सीका अनुसार राष्ट्रपति प्रणव मुखर्जीले आइतबार बिहान यस सम्बन्धी दस्तावेजमा हस्ताक्षर गरेका हुन् ।
शनिबार अबेर राति बसेको केन्द्रीय मन्त्रिपरिषद बैठकले उत्तराखण्डमा राष्ट्रपति शासन लागू गर्न सिफारिस गरेको थियो । बैठकपछि अर्थमन्त्री अरुण जेटलीले राष्ट्रपति मुखर्जी समक्ष राजनीतिक परिस्थितिबारे जानकारी दिएका थिए ।
राज्यमा कांग्रेसका नौ विधायक विद्रोहमा उत्रिएपछि संकटमा परेको राज्य सरकारले २८ मार्चमा बहुमत साबित गर्नुपर्ने थियो । कुल ७० विधायकमा कांग्रेसका ३६ जना थिए । तीमध्ये ९ जनाले विद्रोह गरेका हुन् । (एजेन्सी)