अर्घाखाँचीका सामुदायिक एवं संस्थागत बिधालयहरुले मापदण्ड विपरित चर्को शुल्क लिएको भन्दै ज्ञापन पत्र

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्लाका सामुदायिक एवं संस्थागत बिधालयहरुले मापदण्ड विपरित चर्को शुल्क लिएको भन्दै एमाओबादी अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला समिति अर्घाखाँचीले जिल्ला शिक्षा कार्यालय सन्धिखर्कमा ज्ञापन पत्र  बुझाएको छ । 

अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला समिति अध्यक्ष लक्ष्मण खड्का नेतृत्वको टोलीले जिल्ला शिक्षा अधिकारी सुरेन्द्रराज पराजुली समक्ष  ज्ञापनपत्र बुझाएको हो। ज्ञापन पत्रमा समुदायिक विधालयले लिएको कोचिङ शुल्क फिर्ता गर्नुपर्ने, समुदायिक विधालयमा १ देखि १० कक्षा सम्म निशुल्क भर्ना लिनुपर्ने लगायतका ५ बुदे माग राख्दै ध्यानाकर्षण गराएको छ ।  
 
 तस्बिर: नारायण खनालबाट