वाङ्लामा पोम जमुना स्मारिका बिमोचन, पशुपंक्षी बिकास मन्त्री मानवीले अर्घाखाँचीको बिकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने

वाङ्ला, अर्घाखाँची (अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्लाको वाङ्लामा पोम जमुना शतवार्षिकी स्मारिका बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।  
बिमोचन कार्यक्रमलाई वाङ्लामा सम्बोधन गर्दै पशुपंक्षी बिकास मन्त्री शान्ता मानवीले कृर्षि र पशुपंक्षीको बिकास बिना मुलको अार्थिक क्रान्ति हुन नसक्ने बताएकी छिन् । उनले अर्घाखाँचीको बिकासमा अाफुले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने समेत बताइन् । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, स्थानीय बिकास अधिकारी लक्ष्मि पान्डे गौतम, प्रहरी नायब उपरिक्षिक जबरत्न पौडेल, नेपाली काङ्ग्रेसका पुर्ब सभापति पिताम्बर शर्मा, जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. रामनारायण मन्डल, नेकपा एमालेका नेता जनार्दन खनाल, शिक्षक संघका अध्यक्ष यादब घिमिरे, सन्धिखर्क नगरपालिकाका नारायण पोख्रेल भोजराज शास्त्री, पत्रकार सुर्य प्रसाद भुसाल सहयोगी बिसी लगायतको उपस्थिति रहेको थियो । 
कार्यक्रमको सन्चालन छन्द भुसालले गरेका थिए भने  अध्यक्षता पिताम्बर भट्टराईले गरेका थिए । 
तस्बिर: लक्ष्मी पाण्डे, सुर्य भुसालबाट