चिदिका राजुपोखरामा खानेपानीको चरम अभाव, ४५ मिनेट टाढा पधेरामा पानी लिन जान बाध्य

ओवलडाँडाको पधेरामा ।  तस्बिर: मदन पौडेल
मदन पौडेल
चिदिका, अर्घाखाँची । अर्घाखाँची जिल्लाको चिदिका गाविस वडा न. २ स्थित राजुपोखरामा अहिले खानेपानीको हाहाकार मच्चिएको छ ।  
गाउँका बासिन्दाहरु आफ्नै गाउँमा रहेको पधेराको पानी सुक्दा अहिले करीब ४५  मिनेट टाढाको पधेरामा पानी लिन जान बाध्य भएका छन् ।
यसरी २ वटा गाँउको बासिन्दाहरु एउटै ओवलडाँडाको पधेराबाट खानेपानी ल्याईरहदाँ उक्त पधेरो पनि सुकिसकेको छ । गाँउका बासिन्दाहरू बिहान करिब ४ बजेबाट राती करिब ११ बजेसम्म पानी रुगेँर बोक्न बाध्य भएका छन् | 
 गाँउमा पानीको चरम अभाव हुदाँ गाँउका स्थानिय राजनीतिक दलका प्रतिनिधिहरुले कुनै पहल/चासो देखाएका त छैनन् नै सम्बन्धित निकायको समेत अहिले सम्म ध्यान पुग्न सकेको छन् । यहाँका गाउँले खानेपानी समस्या वर्षौ देखि भोक्दै आएका हुन्  ।