प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र देशमा पर्याप्त मात्रामा विद्युत् उपलब्ध हुने दाबी गरेका छन् ।
बुधबार चितवनको रत्ननगरमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एक वर्षभित्रमा लोडसेडिङ अन्त्य हुने र दुई वर्षभित्र नेपालीहरुले चाहिएजति विद्युत् उपभोग गर्न पाउने दाबी गरे ।
प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणकाक्रममा राष्ट्रहितलाई ध्यानमा राखेर पारवाहनलगायतका सम्झौता गरिएको बताए । – इमेजखबरमा समाचार छ ।