कांग्रेसको जनजागरण अभियान सिमलपानीमा सम्पन्न

सिद्धारा गाविसमा रहेकाे ठुटीपिपल स्वावलम्वी महिला समुहद्वारा स्वागत गर्दै । तस्बिर: प्रेम आचार्य, अर्घाखाँचीडट्कम 

प्रेम आचार्य
सिमलपानी , अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले संगठन सुदृढीकरणकालागि सञ्चालन गरेको  गाँउ जनजागरण अभियान आज सिमलपानी गाविसमा सम्पन्न भएको छ  । 
   १३ महाधीबेसन अन्तर्गत बनेको नँया जिल्ला कार्य समितिले संगठन सुदृढीकरण र  कार्यक्रताको मनोभावना अनुररुप पाटीलाई अगाडी बाउनका  लागि जिल्लाका सबै गाविसमा अभियान सञ्चालन गरेको काग्रेसका जिल्ला सभापति बिष्णु खनाल (मुस्कान),
 बताउनु भयो । हरहर काग्रेस , घरघर कांग्रेस भन्ने नाराका साथ सोमबार जलुके गाविसवाट सुरु भएको कार्यक्रम मंगलबार सिद्धारा र आज  सिमलपानी गाविसमा सकिएको हो । 
   सिमल पानीमा भएको कार्यक्रममा मन्तब्य राख्दै काग्रेसका जिल्ला सभापति बिष्णु खनाल (मुस्कान) ले कार्यक्रताको भावना बुझ्ने जनताको माग अनुसार बिकासलाई अगाडी बढाउने उदेश्यले गाँउ जनजागरण अभियान सञ्चालन गरेको बताउनु भयो । 
कार्यक्रममा काग्रेसका  जिल्ला सचिब छबिलाल पौडेल, क्षेत्रीय सभापति अच्युत गौतम, जिल्ला सदस्य माधब पौडेल, भद्र बहादुर थापा, महिला संघकि केन्द्रिय सदस्य निर्मला क्षेत्री शिक्षक संघका बाबुराम पोख्रेल, कबिराम बिसि लगायतले मन्तब्य राखेका थिए । 
कार्यक्रम काग्रेस सिमलपानी गाविसका सभापति नुनबहादुर बिसीको सभापतित्व, दामोदर न्यौपानेको स्वागत  र तारापाती बिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।