अर्घाखाँचीमा एसएलसी शुरु, ६८ जनाले परीक्षा दिन नपाउने, छात्राहरुलाई छुट्टै शौचालय र सेनेटरी प्याडको व्यवस्था

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाका १७ वटा केन्द्रमा यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षा शुरु भएको छ । 
जिल्लामा यस वर्ष नियमित र ईक्जामटेड तर्फ ४ हजार ८ सय ७७ जनाले सहभागिता जनाएका छन् । जिल्लाभर यस वर्ष ६८ जनाले एसएलसीको परीक्षा दिन नपाउने भएका छन् । ७५ प्रतिशत हाजिर नभएको कारण उनीहरुले एसएलसीको परीक्षा दिन नपाउने भएका हुन ।
त्यसैगरी परीक्षामा सहभागि छात्राहरुको लागि छुट्टै शौचालयको व्यवस्था गरिएकोे छ । छात्रहरुले प्रयोग गर्ने शौचालय छात्राहरुलाई प्रयोग गर्न अफ्टेरो र अड हुने भएकाले जिल्लाका सबै केन्द्रमा छुट्टै शौचालयको ब्यवस्था गरिएकोे बताइएको छ । साथै ति सबै केन्द्रहरुमा छात्राहरुलाई सेनेटरी प्याडको समेत व्यवस्था गरिएको छ । जसमा २ हजार ८ सय ५१ जना छात्राहरु रहेका छन् ।
एसएलसी परीक्षाको लागि १७ जना केन्द्राध्यक्ष, २३ जना सहायक केन्द्राध्यक्ष, दुई सय १७ जना शिक्षक र एक सय ७० जना सुरक्षाकर्मि परिचालन वताइएको छ । 
यसै वर्षदेखि एसएलसी परीक्षाको नतिजा लेटर ग्रेडिङ प्रणालीमा सार्वजनिक हुनेछ । जिल्ला शिक्षा अधिकारीका अनुसार ‘ए प्लस’ देखि ‘ई’सम्म ९ ओटा ग्रेडमा विद्यार्थीको मूल्यांकन गरिनेछ । 
अर्घाखाँची जिल्लामा २०७२ सालको एस.एल.सी. परीक्षाको लागि कायम गरिएका केन्द्र, केन्द्राध्यक्ष र विद्यार्थी विवरण ।

एस.एल.सी परिक्षाको अन्तिम तैयारी पुरा गर्दै सहायक जिल्ला शिक्षा अधिकारी लिल बहादुर राउत सहित साखा अधिकृत बलराम मिश्र बिधालय निरिक्षक माधब बन्जाडे । तस्बिर: सुर्य भुसालबाट, अर्घाखाँची डट्कम

यो पनि हेर्नुस्: