जापानमा व्यवसाय गर्दै आएका अर्घाखाँची धारापानीका युवाको पहलमा विद्यालयलाई आर्थिक सहयोग

विनोद गैरे – अर्घाखाँची डट्कम् /सन्धिखर्क । जापानमा व्यवसाय गर्दै आएका अर्घाखाँची धारापानीका युवाको पहलमा विद्यालयलाई आर्थिक सहयोग जुटाइएको छ । लक्ष्मि प्राथमिक विद्यालय धारापानी-२, अर्घाखाँचीलाई जापानीज नागरिक यावु साथै धारापानी घर भई हाल जापानमा व्यावसाय सञ्चालन गर्दै आएका धारापानीका स्थानिय बासि टोम बहादुर घर्ति मगर, ज्योतिस घर्ति मगर र रेमकला घर्ति मगरले संयुक्त रुपमा रु १४ लाख २३ हजार २८ रुपैया नगद सहयोग रासी हस्तान्तरण गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक चोपलाल घर्ति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्वर बहादुर आलेलाई संयुक्त रुपमा नगद हस्तान्तरण गर्दै जापानीज नागरिक यावुले आफुले नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न पाएकोमा आफुलाई भाग्यमानी ठान्दै गत बैसाख १२ र १९ गते नेपालमा गएको विनासकारी महा-भुकम्पवाट नेपालका थुप्रै विद्यालयका भैतिक संरचनाहरु भत्कियर साथै जिर्ण भएर वालवालिकाहरु शिक्षावाट बञ्चित भएको खवर सुन्दा आफुलाई दुःख लागेको कुरा कोट्याउदै यो रकम विद्यालयलाई भुकम्प प्रतिरोधात्मक भवन निर्माण गर्नको लागि हस्तान्तरण गरेको र रमक पूर्ण रुपमा सदुपयोग हुनेमा आफु आशावादी रहेको वताएका छन् ।
अन्य सहयोग दाताहरु टोम बहादुर घर्ति मगर, ज्योतिस घर्ति मगर र रेमकला घर्ति मगरले पनि आफुहरु बैदेसिक रोजगार तथा व्यवसायमा जति दुःख सुःख पाएता पनि आफु जन्मे हुर्केको र आफुलाई आज यो ठाँउसम्म पु-याउनको लागि यसै विद्यालयको देन रहेको स्मरण गर्दै समाज विकासको लागि हरेकको एकता साथै हातेमालो अपरिहार्य भएकोले आफुहरुले खाने गास कटायर विद्यालयलाई सहयोग गरेको बताएका छन् उनीहरुले हरेक सामाजीक काम एकले भन्दा पनि एकतावाट सम्भव हुने जिकिर गर्दै समाजीक कार्यमा उत्सुककताका साथ अगाडी बढ्न सबैलाई आग्रह गरेका छन् साथै उनीहरुले आफ्नो गाँउ ठाँउको लागि आफुहरुले अझै धेरै रचनात्कम कार्य गर्न र हरेक क्षेत्रमा सक्दो सहयोग गर्न आफुहरु तत्पर रहेको पनि वताएका थिए । 
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य तथा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष झविलाल थापाले विकासको लागि चैतर्फी ढोका खुलेको उल्लेख गर्दै सबैको परस्परीकता, मेलमिलाप साथै एकता वाटमात्र असम्भव पनि सम्भव हुने हुँदा व्यक्तिगत स्वर्थ भन्दा माथी उठी सामाजीक काममा सर्मपित हुन सबैलाई आव्हान गरेका थिए साथै थापाले यस गाँउलाई लमजुङ्गको घले गाउँ साथै पाल्पाको मदनपोखरा जस्तो समृद्ध गाउँ वनाउन आपसी एकता र सद्भावको विकल्प नभएको भन्दै सहयोग रकम पूर्ण रुपमा सदुपयोग हुनेमा प्रतिवद्धता व्यक्त गरेका थिए । 
कार्यक्रममा विद्यालयलाई आत्मै देखि सहयोग गर्ने जापानीज नागरिक यावु, जापानमा व्यवसाय गरी वस्ने टोम बहादुर घर्ति मगर, ज्योतिस घर्ति मगर र रेमकला घर्ति मगर लाई विललयका अभिभावक, शिक्षक र विद्यार्थीले दोसल्ला, फुलमाला र अविरले भव्य सम्मान गरेका थिए ।
कार्यक्रममा ने.क.पा एमाले धारापानी गाँउ कमिटी सदस्य गुण बहादुर सारु, एकिकृत नेपाल कम्युनिष्ट पार्टि माओवादी धारापानी गाँउ कमिटी सदस्य कर्ण बहादुर आले, राष्ट्रिय जनमोर्चा धारापानी गाँउ कमिटी अध्यक्ष नारायण प्रसाद भुसाल, भगवति प्राथमिक विद्यालय धारापानीका प्रधानाध्यापक रेमकला घर्ति लगायतले सहयोगको खुलेर प्रशंसा गरेका थिए । 
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्वर बहादुर आलेको अध्यक्षता, विद्यालयकी शिक्षिका पवित्रा आलेको स्वागत साथै विद्यालयका प्रधानाध्यापक चोपलाल घर्तिको संचालनमा सम्पन्न भएको थियो ।