रिपोर्टर्स क्लवको वार्षिककोत्सवमा अर्घाखाँची शाखा उत्कृष्ठ

काठमाडौं ( अर्घाखाँचीडट्कम ) ।  रिपोर्टर्स क्लव नेपालको १८ औं वार्षिककोत्सव तथा चौथो अधिवेशनमा अर्घाखाँची शाखा उत्कृष्ठ जिल्लाको रुपमा छनोट भएको छ । 
विगत ५ वर्ष देखि अर्घाखाँचीमा शाखा गठन भएपश्चात राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक लगायत विभिन्न गतिविधिमा उत्कृष्ठ काम गरेकोमा उच्च मुल्याकंन गर्दै पुरस्कृत सहित सम्मानित गरेको हो । क्लवको देशका ७५ वटै जिल्लामा शाखा गठन भएको छ । 
क्लवका अध्यक्ष ऋषि धमलाले अर्घाखाँची शाखाले राजनीतिक मात्रै नभएर समाजिक क्रियाकलपामा सक्रियतापुर्वक महत्वपुर्ण भुमिको उच्च प्रशंसा गर्दै सम्मान गरिएको बताउनुभयो । क्लवले अझै सक्रियतापुर्वक सामाजिक गतिविधिमा सक्रिय हुने विश्वास व्यक्त गर्नुभयो । 
वार्षिककोत्सवको अवसरमा सभामुख ओनसरी घर्तीले दोसल्ला ओडाएर क्लवका जिल्ला अध्यक्ष रामकुमार क्षेत्रीलाई सम्मानपत्र प्रदान गर्नुभयो । साथै अन्य क्षेत्रका पत्रकार पनि सम्मानित र पुरस्कृत भएका थिए । 
कार्यक्रममा प्रधानमन्त्री केपी ओली, नेपाली काग्रेसका सभापति एवं पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पुर्वप्रधानमन्त्री एवं नयाँ शक्ति अभियानका संयोजक डा. बाबुराम भटराई, पुर्वप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष लोकेन्द्रबहादुर चन्द, नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य, उपप्रधान एवं रक्षामन्त्री भीम रावल, उपप्रधानमन्त्री एवं राजमोका अध्यक्ष चित्रबहादुर केसी, गृहमन्त्री शक्ति बस्नेत, सञ्चारमन्त्री शेरधन राई, वनमन्त्री अग्नी सापकोटा, काग्रेस नेता बालकृष्ण खाड, अजुर्ननरसिंह केसी, रमेश लेखक, मानबहादुर विक, एमाले सचिव योगेश भटराई, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, अनिल झा लगायत सबै पाटीका शीर्ष नेता उपस्थित भएका थिए । 
वार्षिककोत्सवमा जिल्ला अध्यक्ष रामकुमार क्षेत्री, उपाध्यक्ष वीरेन्द्र केसी र सचिव गणेश खनाल उपस्थित भएका थिए ।