पोखराथोकको हरिहर केन्द्रमा पहिलो दिनको एसएलसी परिक्षा शान्तिपूर्ण तवरमा सम्पन्न (फोटो फिचर)

डिल्लीराज घिमिरे
पोखराथोक अर्घाखाँची (अर्घाखाँची डटकम्) । हरिहर संस्कृत तथा साधारण उच्च माद्यमिक विद्यालय पोखराथोकमा प्रथम दिनको अनिवार्य अंग्रेज़ी परिक्षा शान्तिपूर्वक सुरु भएको छ । पोखराथोक केन्द्रमा यस पटक केन्द्राध्याक्ष हरि प्रसाद शर्मा हुनुहुन्छ भने सहायक केन्द्राध्याक्ष विष्णु प्रसाद पोख्रेल ,निरक्षक संदीप पौडेल,शारदा गौतम,मदन पौडेल,चन्द्रकान्त भट्टाराई,पद्मा पौडेल,हुम वहादुर जिसी,कृष्ण प्रसाद घिमिरे,निर्मला गौतम र चिरन्जिवी गौतमलाई तोकिएको छ ।
यस पटक जम्मा परिक्षार्थी २७१ सहभागी हुनुपर्नेमा २६७ मध्ये रेगुलरतर्फ १९७ छात्र ८२ र छात्रा ११५ परिक्षार्थीको उपस्थिति छ भने १ जना कृष्ण अधिकारी ०४७२११८(J) अन्तर्गतको १ जना छात्र अनुपस्थित रहेका छन । एक्जाम्टेड तर्फ ७० छात्र २५ छात्रा ४५ मध्ये १४७११०९(C),१४७११३७(E),१४७११४७(O) पवित्रा वेल्वासे,उषा पन्थी अष्मिता घिमिरेको गरी जम्मा ३ जनाको अनुपस्थित रहेका छन ।
 
धौराली मा.वि.पटौटी,देवी प्रभाव मावी पटौटी,सिद्ध मावी पोखराथोक,नेपाल राष्ट्रीय उच्च मावी पणेना,सरस्वती मावी पणेना,सरस्वती भवन मावी खिदीम,फर्सहवा टाकुरा उमावी खिदीम,दुर्वाशेसोर मावि खिदीम गरी जम्मा ८ ओटा विद्यालयवाट यस पटकको परिक्षामा सहभागिता रहेको छ । पोखराथोक स्रोत केन्द्र अन्तर्गत रहेको सिद्ध मावी पोखराथोकका छात्र चिरन्जिवी रायमाझी हातमा गंभीर चोट लागेको कारण सहयोगीलाई साथ लिएर परिक्षा दिने व्यावस्था गरिएको छ ।
यस केन्द्रमा सुरक्षाकर्मीको नेतृत्व गरिरहनु भएका प्रहरी चौकी खिदीम पोखराथोक प्रमुख प्रहरी सहायक निरक्षक राम वहादुर कार्किका अनुसार सातजना सुरक्षाकर्मी खटाईएको छ । यस केन्द्रमा जिल्ला शिक्षा कार्यालयको तर्फवाट विद्यालय निरक्षक राम करण पाल र शैक्षिक गणतन्त्रिक मन्च अध्यक्ष सुभाष चन्द्र वन्जाडेले पहिलो दिनको परिक्षा अनुगमन गर्नु भएको थियो । परिक्षालाई अनुशासित वनाउन परिक्षा कक्षलाई साउण्ड लेस,चिट लेस र मोशनलेस SMC system वाट परिक्षा सुरक्षित शान्त वातावरणमा मर्यादित रुपमा परिक्षा संचालन गर्ने यस केन्द्रका केन्द्राध्याक्ष हरि प्रसाद शर्माले अर्घाखाँची डटकमलाई जानकारी गराउनु भएको छ । 
तस्वीर डिल्लीराज घिमिरे/अर्घाखाँची डटकम्