वालविवाह न्यूनीकरण सम्वन्धित एक दिने अन्तरक्रियात्मक गोष्ठी पोखराथोकमा सम्पन्न (फोटो फिचर)

डिल्लीराज घिमिरे
पोखराथोक, अर्घाखाँची (अर्घाखाँची डटकम्) । वाल विवाह न्यूनीकरण सम्वन्धित एक दिने अन्तरक्रियात्मक गोष्ठी महिला वाल वालीका कार्यालय अर्घाखाँची र भृकुटि महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराथोक अर्घाखाँचीको आयोजनामा गावीस भवनमा समपन्न भएको छ । 
संस्थाको प्रमुख विमला गौतम अध्यक्षता रहेको गोष्ठीमा स्वास्थ्य कर्मी, समाजसेवी, रेडक्रसकर्मी, शिक्षाकर्मी, सुरक्षाकर्मी, संचारकर्मी लगायतको आथित्यता साथै स्थानिय किसोर किसोरी र अविभावकको उपस्थित रहेको कार्यक्रमको संचालन प्रेमकला भट्टाराईले गर्नु भएको थियो ।
कार्यक्रमा पोखराथोक स्वास्थ्य चौकी अहेव पार्वती भण्डारीले यस गावीसमा भईरहेको तत् सम्वन्धित घटना न्यूनीकरण गर्न स्वास्थ्य चौकीवाट चालिएका क़दमवारे सहजीकरण गर्नु भएको थियो । यस्तै किशोरावस्थामा हुन सक्ने यौन मनोवैज्ञानिक विषयमा छर्लंग पार्दै यसरी समाजमा हुन सक्ने घटनावाट वच्न सकिने आधारवारे नेपाल रेडक्रस सोसाइटी पोखराथोक उपशाँखा सचिव एवं शिक्षक प्रमोद गौतमले सहजीकरण गर्नु भएको थियो । किशोरावस्थामा सामाजिक संजाल दुरुपयोग गर्दा हुन सक्ने घटना न्यूनीकरण गर्न कक्षा १० सम्म अध्याय गर्ने विद्यार्थीलाई मोवाईल निषेध गर्न परिवारवाट नै शसक्त आवस्यक रहेको गोष्ठीमा उपस्थित धेरैको धारणा रहेको थियो ।
विभिन्न समयमा राष्ट्रीय तथा अन्तराष्ट्रीय स्तरमा कयौँ ऐन र कानुनी रुपमा लेखिए पनी पहुँच नभएको सानो व्याक्तीले गल्ती गर्दा तत्काल नै कानुनी कार्यवाही गर्ने तर पहुँचवाला ठुलावढाले जस्तोसुकै जघन्य गल्तीगर्दा कानुन नलाग्ने प्रवृतिको प्रशासनिक तवरवाट व्यावहारिक रुपमै अन्त्य नहुन्जेल वाल विवाह र वलत्कारका घटना नियन्त्रण नहुने धारणा समेत रहेको थियो । 
तस्वीर डिल्लीराज घिमिरे/अर्घाखाँची डटकम