भारतको कोलकातमा एक निमार्णाधीन आकाशेपुल (फ्लाइओभर) भत्कँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।
कोलकाताको औद्योगिक क्षेत्रमा भएको दुर्घटनामा अरु दर्जनौं घाइते भएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।
विगत ५ वर्षदेखि निर्माण भैरहेको सो पुल भत्किएर सडकमा गुडिरहेको गाडीमा खसेको प्रहरीले जनाएको छ ।
उक्त घटनामा केही मानिसहरु गाडीभित्र च्यापिएको जनाएको छ ।
अहिले त्यस क्षेत्रमा उद्धार सुरु गरिएको कोलकाता प्रहरीले जनाएको छ । (एजेन्सी)