सिद्वारा स्वास्थ्य चौकी । फाइल फोटो
सिद्वारा, अर्घाखाँची (अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्लाको सिद्वारा स्वास्थ्य चौकीको लागि एक स्थानिय युवाले दश लाक बराबरको औषधी सहयोग गरेका छन् ।
औषधी अभाव झेल्दै आएको सिद्वारा स्वास्थ्य चौकीलाई स्थानिय काठमाडौंमा बस्दै आएका एक युवाले उक्त औषधी पठाई सहयोग गरेका हुन् । टिचिङ हस्पिटलमा अधिक् त रहेर काम गर्दै आएका अमृत पोखेरेको पहलमा उक्त औषधी सहयोग भएको हो ।
अहिले सम्म सिटामोल र भिटामिन बि वितरण गर्दै आएको सिद्वारा स्वास्थ्य चौकीमा ४७ प्रकारका औषधी सहयोग गरिएको बताइएको छ ।
औषधी सहयोगका लागि नेपाली कांग्रेस सिद्वाराले पहल गरेको थियो ।
समाचार प्रेम आचार्यबाट